काठमाडौं । साताको चौथौ दिन नेप्से १३ दशमलव ०५ अंकले बढेर १५०८ दशमलव २० को विन्दुमा कायम भएको छ । आज १ सय ९४ कम्पनीको ५७ लाख ९८ हजार ५ सय ३२ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ५६ करोड रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ् र विकास बैंक बाहेक अन्य क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको २२ करोड ३१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको १८ करोड ६४ लाख रुपैयाँको कारोबार भएको छ ।
आज राष्ट्रिय बीमा कम्पनी, रिलायन्स लाइफ र राष्ट्रिय बीमा कम्पनीको प्रमोटर शेयरमा सर्किट लागेको छ । इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले गुमाएका छन् भने कालिका पावरका लगानीकर्ताले ४ दशमलव ८० प्रतिशतका दरले गुमाएका छन् ।