Connect IPS
IME Life

यूनियन लाइफको ‘जीवन दीप’ बीमा योजना सार्वजनिक, यस्ता छन् विशेषता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले ‘जीवन दीप’ बीमा योजना नामक नयाँ म्यादी जीवन बीमा योजना बुधवार (आज) सार्वजनिक गरेको छ । कोरोना महामारीकै बीचमा कम्पनीले म्यादी जीवन बीमा योजना सार्वजनिक गरेको हो ।

ग्राहकहरुको हितलाई मध्यनजर गर्दै कम्पनीले न्युन बीमा शुल्कमा अधिक बीमाङ्कको लाभ प्राप्त हुने गरी नविनतम् प्रकारको म्यादी जीवन बीमा योजना ल्याईएको र यसबाट बृहद लाभ लिन सकिने योजना ल्याएको कम्पनीले जनाएको छ ।

Prabhu
Crest

उक्त बीमा योजना अन्तर्गत प्राकृतिक रुपमा बीमा गर्नेको मृत्यु भएमा बीमाङ्क रकम, दुर्घटनाबाट मृत्यु भएमा करारमा उल्लेखित थप बीमाङ्क र दुर्घटनाबाट पूर्ण अंगभंग वा शारीरिक अशक्तता भएमा बीमालेखको अवधीसम्म बीमाशुल्क छुट र नियमित रुपमा मासिक आय सुविधा समेत उपलब्ध गराईने ब्यवस्था रहेको कम्पनीले जनाएको छ ।
ब्यक्तिगत तथा संस्थागत रुपमा समेत बीमा गर्ने सुविधा रहेको उक्त बीमा योजना अन्तर्गत न्युनतम तीन लाख बीमाङ्क र अधिकतम आयश्रोतको आधारमा आवश्यक्ता अनुसार बीमाङ्क निर्धारण गरी बीमा योजना लिन सकिने सुविधा रहेको छ ।

उक्त बीमा योजना १६ बर्ष देखि ६० बर्ष उमेर समूहका ब्यक्तिहरुले ५ बर्ष देखि २५ बर्ष सम्मको अवधीका लागि लिन पाउने ब्यवस्था गरिएको छ । बार्षिक रुपमा बीमाशुल्क भुक्तानी गर्न सकिने भएकाले उक्त बीमा योजना बीमा गर्न चाहनेहरुको लागि उपयुक्त बीमा योजना भएको कम्पनीले जनाएको छ ।

‘जीवन दीप’ बीमा योजना नविन बिशेषता भएको, न्युन शुल्कमा अधिक बीमाङ्क रकमको बीमा गर्न सकिने र ब्यक्तिगत तथा संस्थागत रुपमा समेत लिन सकिने भएकाले यो योजना आम मानिसहरुको रोजाईमा पर्ने कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिईओ) मनोज कुमार लाल कर्णले दाबी गरेका छन् । बिशेषगरी कर्पोरेट, सहकारी, उद्योग प्रतिष्ठान, यातायात, संघ संस्था, कलेज, स्कुल, असंगठित क्षेत्र लगायतका ब्यक्तिहरुको लागि उपयोगी बीमा योजना रहेको सिईओ कर्णको भनाई छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS