काठमाडौं । सिद्धार्थ इक्विटी फन्ड र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले इकाईधनीलाई नगद लाभांश वितरण गरेका छन् । फण्डले इकाईधनीहरुलाई भदौ १७ गतेबाट बैंक खातामा नगद लाभांश पठाउन थालेका हुन् ।
खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने सिद्धार्थ क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट सिद्धार्थ इक्विटी फण्डले ७ दशमलव ५ प्रतिशत र सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ ले ५ प्रतिशत (कर सहित) वितरण गरेका हुन् ।
दुवै फन्डको योजना व्यवस्थापक सिद्धार्थ क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाईधनीहरुलाई खाता अद्यावधिक गराउन आग्रह गरेको छ ।