IME Life New

प्रोग्रेसिभ फाइनान्सको नयाँ शाखा हेटौंडामा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

हेटौंडा । प्रोग्रेसिभ फाइनान्स कम्पनीले बागमती प्रदेशको राजधानी हेटौंडा उपमहानगरपालिका–२ मा आठौं शाखा कार्यालय स्थापना गरेको छ । शाखाले सोमवारदेखि नै वित्तीय कारोबार समेत शुरू गरेको छ ।

देशका प्रमुख शहरमा शाखा स्थापना गरी सरल तथा सहज वित्तीय सेवा उपलब्ध गराउने उद्देश्यअनुरूप हेटौंडामा शाखा कार्यालय स्थापना गरेको फाइनान्सले बताएको छ ।

Esewa
Crest

हेटौंडा औद्योगिक क्षेत्रका औद्योगिक प्रतिष्ठान, प्रदेशको राजधानी शहर, अटो हव, पूर्वपश्चिम राजमार्गको मध्यभाग आदि कारणले हेटौंडामा वित्तीय संस्थाहरू शाखा स्थापना गर्नका लागि आकर्षित हुने गरेका छन् ।

संस्थाका प्रमुख कार्यकारी अधिकृत विशाल हुमागाईंले कोरोना भाइरसको महामारीबीच स्थापना गरिएको शाखाले हेटौंडा उपमहानगरसहित आसपासका गाउँपालिका तथा नगरमा बसोबास गर्नेको घरदैलोमा उच्चतम् प्रविधि उपयोग गरी वित्तीय सेवा उपलब्ध गराउने प्रतिवद्धता व्यक्त गरेको छ ।

एटीएम, मोबाइल बैंकिङ, ई–बैंकिङ, कनेक्ट आईपीएस, सी–आस्वालगायत डिजिटल बैंकिङसम्बन्धी सेवा उपलब्धता रहेको प्रोग्रेसिभ फाइनान्सले छिट्टै शाखारहित बैंकिङ सेवा सञ्चालन गर्ने योजना अघि बढाएको हुमागाईंले बताएका छन् ।

८० करोड १ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यो वित्तीय संस्थाले हाल ७ ओटा शाखा कार्यालय तथा ४ ओटा एक्स्टेन्सन कार्यालयमार्फत आप्mना ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS