IME Life New

बैंकले आफुखुशी कर्जाको ब्याजदर घटाउन नपाउने, राष्ट्र बैंकले गर्यो यस्तो निर्णय

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । बैंकहरुलाई आफुखुशी कर्जाको ब्याजदर परिवर्तन गर्ने अधिकारमाथि राष्ट्र बैंकले आंशिक रुपमा अंकुश लगाएको छ । केन्द्रीय बैंकले व्यक्तिगत आबधिक कर्जाको ब्याजदर परिर्वतन गर्न नपाइने व्यवस्था लागू गरेको छ । बैंक तथा वित्तीय संस्थाहरुलाई जारी गरेको एकीकृत निर्देशन २०७६ मा राष्ट्र बैंकले संशोधन गर्दे यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकको व्यवस्था अनुसार १ वर्ष भन्दा बढी भुक्तानी अवधि भएका व्यक्तिगत आवधिक कर्जाहरुको ब्याजदर परिवर्तन नहुने गरी स्थीर ब्याजदर कायम गर्न निर्देशन दिएको छ ।यस प्रयोजनको लागि, इजाजतपत्र प्राप्त संस्थाले एक वर्ष भन्दा बढी भुक्तानी अवधि भएका प्रत्येक व्यक्तिगत आबधिक कर्जाको ब्याजदर भुक्तानी अबधीभर परिवर्तन नहुने गरी स्थीर ब्याजदर निर्धारण गर्नुपर्ने व्यवस्था गरिएको छ । नयाँ व्यवस्थासँगै व्यक्तिगत कर्जा उपभोग गरिरहेका ऋणीहरुले ब्याजदर परिवर्तनको समस्याबाट मुक्त भएका छन् ।

Esewa
Crest

तर, ग्राहक स्वयम्ले इजाजतपत्र प्राप्त संस्थाको आधार दर परिवर्तन हुँदा परिवर्तन हुने परिवर्तनीय ब्याजदरमा कर्जा लिन चाहेमा ग्राहकको अनुरोधमा परिवर्तनीय ब्याजदर कायम गर्न सक्ने राष्ट्र बैंकले जनाएको छ ।

यो व्यवस्था व्यक्तिको नाममा प्रवाह भएका र हुने घर कर्जा, गाडी कर्जालगायतका मासिक वा कुनै पनि आवधिक किस्तामा भुक्तानी हुने गरी प्रवाह गरिएका एकल वर्ष भन्दा बढी भुक्तानी अवधि भएका कर्जामा लागू हुनेछ ।

यो निर्देशन जारी हुनुपूर्व मासिक र त्रैमासिक र आवधिक किस्तामा भुक्तानी हुने गरी ब्यक्तिको नाममा प्रवाह भएका घर कर्जा, गाडी कर्जा लगायतका आवधिक कर्जाको हकमा ग्राहकको अनुरोधमा स्थीर ब्याजदर कायम हुने गरी कर्जाका शर्तहरु परिवर्तन गर्नु पर्ने राष्ट्र बैंकको निर्देशनमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS