IME Life New

पुनर्बीमा कम्पनीको लगानी १५ अर्ब माथि, कुन क्षेत्रमा कति ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । चालु आर्थिक बर्षको चौथौ त्रैमासको अवधिसम्ममा पुनर्बीमा कम्पनीले १५ अर्ब भन्दा बढी रकम विभिन्न शीर्षकमा लगानी गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार पुनर्बीमा कम्पनीले असार मसान्तसम्ममा १५ अर्ब ४६ करोड ८६ लाख रुपैयाँ बैंक तथा विभिन्न क्षेत्रमा लगानी गरेको देखिएको छ ।

Source :Beema Samiti

पुनर्बीमा कम्पनीले नेपाल सरकारको वचतपत्र तथा ऋणपत्र, नेपाल पुर्वधार बैंकको मुद्दती निक्षेप, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयर, म्युचअल फण्ड र नागरिक स्टक डिलरमा संस्थापक शेयर लगानी र अन्य लगानीका क्षेत्रहरुमा समेत लगानी गरेको छ ।

Esewa
Crest

असार मसान्तसम्ममा पुनर्बीमा कम्पनीले क वर्गको बैंकको मुद्दती निक्षेपमा सबैभन्दा धेरै लगानी गरेको छ । बीमा समितिको तथ्याङ्क अनुसार पुनर्बीमा कम्पनीले बाणिज्य बैंकहरुमा ११ अर्ब ६७ करोड रुपैयाँ लगानी गरेको छ ।

त्यस्तै, पुनर्बीमा कम्पनीले क, ख र ग वर्गको बैंक तथा वित्तीय संस्थाको अग्राधिकार शेयर र ऋणपत्रमा १ अर्ब २९ करोड ६४ लाख रुपैयाँ लगानी गरेको छ । त्यस्तै, ख वर्गका बैंकको मुद्दती निक्षेपमा १ अर्ब २३ करोड रुपैयाँ, नेपाल पुर्वधार विकास बैंकको शेयरमा ४९ करोड ४२ लाख रुपैयाँ, नेपाल सरकारको बचतपत्र तथा ऋणपत्रमा ३० करोड रुपैयाँ, नागरिक स्टक डिलरमा २५ करोड रुपैयाँ, सूचीकृत पब्लिक कम्पनीको साधारण शेयरमा २० करोड ४१ लाख रुपैयाँ लगानी गरेका छन् ।

म्युचअल फण्ड र नागरिक लगानी कोषमा २० करोड रुपैयाँ, केयर रेटिङको शेयरमा २५ लाख रुपैयाँ, बीमा प्रवद्र्धन कोषमा विज राशी १० लाख रुपैयाँ लगानी गरेको छ ।
नेपाल पुनर्बीमा कम्पनी नेपालको पहिलो पुनर्बीमा कम्पनी हो । नेपाल पुनर्बीमा कम्पनीले विश्वका ३० भन्दा बढि देशमा आफ्नो व्यापार सञ्जाल विस्तार गरिसकेको छ । ३० वटा देशबाट बीमा शुल्क आर्जन गर्ने नेपालको एक मात्र अन्तर्राष्ट्रिय व्यापार गर्ने संस्था नेपाल पुनर्बीमा कम्पनी हो ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS