काठमाडौं । सहारा विकास बैंकको लिलामी सेयरमा आवेदन दिने (भदौ २३ गते) आज अन्तिम दिन रहेको छ ।
बैंकले साउन ३० गतेबाट संस्थापक समूहको ९ लाख २१ हजार १४८ दशमलव ७० कित्ता सेयर लिलामी बिक्रीमा ल्याएको हो । यसमा संस्थापक सहित सर्वसाधारण लगानीकर्ता तथा संस्थाहरुले पनि आवेदन दिन सक्नेछन् ।शेयरको न्यूनतम मूल्य १ सय रुपैयाँ तोकिएको छ । लगानीकर्ताले यही न्यूनतम वा सोभन्दा बढी मूल्य अंकित गरी बोलकबोल पेश गर्नुपर्नेछ ।
न्यूनतम १ हजार कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतम सबै सेयरका लागि आवेदन दिन सकिनेछ । यसअघि संस्थापक सेयरधनीका लागि खुला गर्दा आवेदन नपरेपछि बैंकले सर्वसाधरण लगानीकर्तालाई समेत यो सेयर बिक्रीमा ल्याएको हो । कम्पनीको बिक्री प्रबन्धक एनआइबीएल एस क्यापिटल रहेको छ ।