काठमाडौं । साताको दोस्रो दिन नेप्से १२ दशमलव १७ अंकले घटेर १४८७ दशमलव ८१ को विन्दुमा कायम भएको छ । आज १ सय ९२ कम्पनीको ५५ लाख ९५ हजार ५ सय ५१ कित्ता शेयर किनबेच हुँदा २ अर्ब १६ करोड रुपैयाँको कारोबार भएको छ ।
फाइनान्स, माईक्रोफाइनान्स, अन्य क्षेत्र र टेड्रिङ बाहेक अन्य क्षेत्रको उपसूचक राताम्मे भएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको २८ करोड ४० लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नागरिक लगानी कोषको १५ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
उन्नति सहकार्य लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९१ प्रतिशतका दरले कमाएका छन् भने युनिर्भसल पावरका लगानीकर्ताले ९ दशमलव ७८ प्रतिशतका दरले कमाएका छन् ।
इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्टका लगानीकर्ताले ९ दशमलव ९२ प्रतिशतका दरले गुमाएका छन् भने घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले ६ दशमलव ८५ प्रतिशतका दरले गुमाएका छन् ।