Connect IPS
IME Life

कोरोना महामारीमै नेप्सेमा उछाल, सवा चार अर्बको कारोबार हुँदा २५ अंकले बढ्यो नेप्से

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । कोरोना महामारीकै समयमा शेयर बजारमा कारोबारमा उछाल आएको छ । साताको चौथौ दिन नेप्से २५ दशमलव ५८ अंकले बढेर १५१० दशमलव ५७ को विन्दुमा कायम भएको छ । कोरोना महामारीका कारण राजधानी उपत्यकाका निषेधाज्ञाका बीच ऐतिहासिक कारोबार भएको हो । सर्वसाधारणहरुले घरैबाट अनलाईनमार्फत कारोबार गरी चार अर्ब कारोबार नाघेको सम्भवतः पहिलो पटक हो ।

आज १ सय ८६ कम्पनीको ९६ लाख ८६ हजार ९ कित्ता शेयर किनबेच हुँदा ४ अर्ब १८ करोड रुपैयाँको कारोबार भएको छ ।
निर्जिवन र जीवन बीमा क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल रि इन्योरेन्सको ६७ करोड ४२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिखर इन्स्योरेन्सको १७ करोड ७५ लाख रुपैयाँको कारोबार भएको छ ।

Prabhu
Crest

वाणिज्य बैंक समूहको सूचकमा पनि सुधार देखिएको छ । दर्जन भन्दा बढीको कम्पनीको भाउ १० प्रतिशतले बढेर सर्किट लागेको छ । सर्किट लाग्ने अधिकांश हाइड्रोपावर कम्पनीहरु नै रहेका छन् ।

प्रभु इन्स्योरेन्सका लगानीकर्ताले ४ दशमलव ४१ प्रतिशतका दरले गुमाएको छ भने प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताले ४ दशमलव ०१ प्रतिशतका दरले गुमाएका छन् ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS