IME Life New

निर्जिवन बीमा कम्पनीहरुको कुल बीमाशुल्क आर्जन साढे २५ अर्ब माथि

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपालमा दर्ता १८ वटा निर्जिवन बीमा कम्पनीहरुले असार मसान्तसम्ममको अवधिमा २५ अर्ब ५१ करोड २४ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । २० वटा निर्जिवन बीमा कम्पनीहरुमध्ये नेपालमा दर्ता भएका कम्पनी १८ वटा छन् भने ओरियन्टल र नेशनल इन्स्योरेन्स कम्पनी भारतीय कम्पनीको नेपालस्थित शाखा कार्यालय हो । नेपालमा दर्ता भई सञ्चालित कम्पनीहरुले चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरिसकेको भएपनि विदेशी कम्पनीको नेपालस्थित शाखा कार्यालयले हालसम्म पनि चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेका छैनन्।

सम्बन्धीत कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार गत आर्थिक बर्षको असार मसान्तसम्ममा सबैभन्दा धेरै बीमाशुल्क आर्जन गर्ने कम्पनी शिखर इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले असार मसान्तसम्ममा तीन अर्ब ५२ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ।दोस्रोमा सगरमाथा इन्स्योरेन्स रहेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा दुई अर्ब १९ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । तेस्रोमा नेको इन्स्योरेन्स कम्पनी रहेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिमा दुई अर्ब ७ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ।

Esewa
Crest

त्यस्तै, सिद्धार्थ इन्स्योरेन्सले दुई अर्ब रुपैयाँ, एनलजी इन्स्योरेन्सले १ अर्ब ७३ करोड रुपैयाँ, प्रिमियर इन्स्योरेन्स एक अर्ब ६६ करोड रुपैयाँ, प्रभु इन्स्योरेन्सले एक अर्ब ५४ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

तथ्याङ्क अनुसार चालु आर्थिक बर्षको असार मसान्तसम्ममा हिमालयन जनरल इन्स्योरेन्सले १ अर्ब ३८ करोड रुपैयाँ, आइएमई जनरल इन्स्योरेन्सले १ अर्ब ३६ करोड, राष्ट्रिय बीमा कम्पनीले १ अर्ब ३६ करोड रुपैयाँ, लुम्बिनी जनरल इन्स्योरेन्सले १ अर्ब २१ करोड रुपैयाँ, नेपाल इन्स्योरेन्सले १ अर्ब १७ करोड रुपैयाँ, पु्रडेन्सियल इन्स्योरेन्सले १ अर्ब ३ करोड रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन्।

त्यस्तै, एभरेष्ट इन्स्योरेन्सले ९० करोड रुपैयाँ, अजोड इन्स्योरेन्सले ८६ करोड रुपैयाँ, युनाइटेड इन्स्योरेन्सले ६५ करोड रुपैयाँ, जनरल इन्स्योरेन्स कम्पनीले ५३ करोड रुपैयाँ र सानिमा जनरल इन्स्योरेन्सले ३५ करोड रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएका छन्।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS