Connect IPS
IME Life

पेशागत बीमक समिति एलआईसी नेपालको भर्चुअल मिटिङ कार्यक्रम सम्पन्न

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । पेशागत अभिकर्ता संंघ, बीमक समिति एलआईसी नेपालले आयोजना गरको भर्चुअल मिटिङ तथा मोटिभेशनल तालिम कार्यक्रम हिजो सम्पन्न भएको छ । उक्त कार्यक्रम कल्याण बिक्रम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो ।

हालको विषम परिस्थितिमा आफ्ना लिडरहरु सम्मिलितको उच्चतम् व्यवसायिक, पेशागत बीमा अभिकर्ता संघले एजेन्सी म्यानेजर तथा अभिकर्ताहरुको मनोवल उच्च गराउन उक्त कार्यक्रमको आयोजना गरिएको अध्यक्ष पाण्डेले बताए ।

Prabhu
Crest

उक्त कार्यक्रममा पेशागत बीमा अभिकर्ता संघ नेपाल केन्द्रिय कमिटि सचिव केदारनाथ अधिकारीले महत्वपूर्ण अभिकर्ताको हक र हितबारे चर्चा गरे । उक्त मोटिभेशनल कार्यक्रममा सम्बोधन गर्दै कम्पनीमा सम्बन्ध अभिकर्ता एजेन्सी म्यानेजरहरुको मनोबल उच्च राख्न र लिडरहरुको सेवा सुविधा र क्षमता बृद्धि विकासमा अग्रणी भूमिकामा रहदै आएको प्रष्ट पार्दै संघले बेला–बेलामा यसरी अभिकर्ता लाई जागरुत बनाउनु उत्तम रहने महत्वपूर्ण तर्कहरु प्रस्तुत गरेका थिए ।

उक्त कार्यक्रममा एलआईसी नेपालका विभिन्न शाखा समितिका अध्यक्ष तथा पदाधिकारीहरु र केन्द्रीय पदाधिकारी तथा सदस्यहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा बीमा योजना, रणनीतिमाथि छलफल गर्नुका साथै कम्पनीको आगामी रणनीति र परिस्थिति जन्य अवस्थालाई मध्यनजनर गर्दै कम्पनीको व्यवस्थापकलाई आवश्यक सल्लाह र सुझाव दिने गरी कार्यक्रमको रुप तयार गरि अगाडि बढ्ने पूर्व अध्यक्ष स्वदेश महर्जन तथा केन्द्रीय सदस्य तथा एजेन्सी मेनेजर एशोशिएशन अफ एलआईसी नेपालका महासचिव शिव हरि खड्काले बताए ।

कार्यक्रममा रुपन्देही जिल्ला बाट बुटवल रुपन्देहीका शाखा कमिटीका अध्यक्ष हरिश्चन्द्र गौतम, कोषाध्यक्ष रुपा खत्री, काठमाडौं शाखा अध्यक्ष दिलिप दास बिरगंज शाखा अध्यक्ष असोक गुप्ताले आफनो भनाई राखेका थिए । उक्त कार्यक्रमका सचिव होम आलेले सञ्चालन गरेका थिए ।

पेशागत बीमक समिति (एलआईसी नेपाल) एलआईसी नेपालमा आवद्ध अभिकर्ताहरुको साझा संस्था हो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS