Connect IPS
IME Life

विप्रेषण आप्रवाह घट्यो, एक बर्षमा ८ खर्ब ७५ अर्ब मात्रै भित्रियो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा विप्रेषण आप्रवाहमा ० दशमलव ५ प्रतिशतले घटेर ८७५ अर्ब ३ करोड रुपैयाँमा सिमित भएको छ । राष्ट्र बैंकद्धारा जारी बार्षिक प्रतिवेदनले यस्तो देखाएको हो ।

अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा विप्रेषण आप्रवाह १६ दशमलव ५ प्रतिशतले बढेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह ३ दशमलव ३ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ७ दशमलव ८ प्रतिशतले बढेको थियो ।

Prabhu
Crest

आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) लिने नेपालीको संख्या २० दशमलव ५ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ३२ दशमलव ६ प्रतिशतले घटेको थियो । वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको संख्या समीक्षा वर्षमा ३४ दशमलव ७ प्रतिशतले घटेको छ । अघिल्लो वर्ष यस्तो संख्या ५ दशमलव ४ प्रतिशतले बढेको थियो ।

आर्थिक वर्ष २०७६/७७ मा खुद ट्रान्सफर आयमा १ दशमलव ३ प्रतिशतले कमी आई ९८२ अर्ब २२ करोड रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्ष यस्तो आय १५ प्रतिशतले बढेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS