Connect IPS
IME Life

भारतसँगको व्यापार ११ प्रतिशतले बढ्यो, निर्यात १५ प्रतिशत घट्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु निर्यात ० दशमलव ६ प्रतिशतले वृद्धि भई ९७ अर्ब ७१ रुपैयाँ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो निर्यात १९ दशमलव ४ प्रतिशतले वृद्धि भएको थियो । राष्ट्र बैंकद्धारा जारी प्रतिवेदनले यस्तो देखाएको हो ।

गन्तव्यका आधारमा भारततर्फ ११ दशमलव ८ प्रतिशतले निर्यात वृद्धि भएको छ भने चीन तथा अन्य मुलुकतर्फ क्रमशः ४३ दशमलव ५ प्रतिशत र १८ दशमव २ प्रतिशतले घटेको छ । वस्तुगत आधारमा पाम तेल, आयुर्वेदिक औषधि, जडिबुटी, प्लाष्टिकका भाँडा, फलफुल लगायतका वस्तुको निर्यात बढेको छ भने जस्तापाता, तार, पोलिस्टर यार्न तथा धागो, तयारी पोशाक, उनी गलैंचा लगायतका वस्तुको निर्यात घटेको छ ।

Prabhu
Crest

आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु आयात १५ दशमलव ६ प्रतिशतले घटेर ११ खर्ब ९६ अर्ब ८० करोड रुपैयाँ कायम भएको छ । अघिल्लो वर्ष यस्तो आयात १३ दशमलव ९ प्रतिशतले बढेको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १९ दशमलव ९ प्रतिशत, ११ दशमलव ५ प्रतिशत र ५ दशमलव ३ प्रतिशतले घटेको छ ।

वस्तुगत आधारमा कच्चा पाम तेल, कच्चा सोयाविन तेल, रासायनिक मल, खाने तेल, कम्प्युटर तथा पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने पेट्रोलियम पदार्थ, यातायातका साधन तथा पार्टपुर्जा, एम.एस. बिलेट, सुन, अन्य मेशिनरी तथा पार्टपुर्जा लगायतका वस्तुको आयात घटेको छ ।

साथै, निर्याततर्फ वीरगञ्ज र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट गरिएको निर्यातमा ह्रास आएको छ । आयाततर्फ सुख्खा बन्दरगाह र तातोपानी भन्सार कार्यालय बाहेकका नाकाबाट भएको आयातमा ह्रास आएको छ ।

आर्थिक वर्ष २०७६/७७ मा कुल वस्तु व्यापार घाटा १६ दशमलव ८ प्रतिशतले संकुचन भई १० खर्ब ९९ अर्ब ९ करोड रुपैयाँमा कायम भएको छ । अघिल्लो वर्ष यस्तो घाटा १३ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । व्यापार घाटाको कुल गार्हस्थ्य उत्पादनसँगको अनुपात २९ दशमलव २ प्रतिशत रहेको छ । समीक्षा वर्षमा निर्यात÷आयात अनुपात ८ दशमलव २ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष यस्तो अनुपात ६ दशमलव ८ प्रतिशत रहेको थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS