Connect IPS
IME Life

क्यासिनोले डलरको कारोबार गर्न अनुमति लिनुपर्ने, राष्ट्र बैंकले जारी गर्यो नयाँ निर्देशन

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । अब नेपालमा सञ्चालित क्यासिनोहरुले विदेशी मुद्रा कारोबार गर्नका लागि नेपाल राष्ट्र बैंकबाट लाइसेन्स लिनुपर्ने भएको छ।
केन्द्रीय बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०७७ मार्फत यस्तो व्यवस्था गरेको हो । राष्ट्र बैंकले विदेशी विनिमय कारोबार इजाजतपत्र तथा निरीक्षण विनियमावली, २०६७ लाई खारेज गर्दै नयाँ विनियमावली ल्याएको हो ।

जसका लागि विनियमावली अनुसार विदेशी मुद्रा कारोबार गर्न चाहने क्यासिनोले प्रतिकारोबार स्थानका लागि २५ लाख रुपैयाँ बराबरको जमानत (धरौटी) राख्नुपर्ने व्यवस्था गरेको छ । धरौटी अवधि दुई वर्षको हुनेछ । त्यस्तै, इजाजतपत्र शुल्क बापत एक लाख रुपैयाँ केन्द्रीय बैंकलाई तिर्नुपर्नेछ ।

Prabhu
Crest

उपकरणका माध्यमबाट मात्र खेलाइने खेलको हकमा भने प्रतिकारोबार स्थानका लागि १० लाख रुपैयाँ बैंक जमानत र इजाजतपत्र शुल्क बापत ५० हजार रुपैयाँ राष्ट्र बैंकमा बुझाउनुपर्नेछ । यसरी लिइएको इजाजत २ वर्ष नपुग्दै शुल्क बुझाएर नवीरकरण गरिसक्नु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS