काठमाडौं । साताको पहिलोे दिन नेप्से १२ दशमलव ७७ अंकले बढेर १४१० दशमलव ३४ को विन्दुमा कायम भएको छ । आज १ सय ८४ कम्पनीको २४ लाख ९८ हजार ६ सय ६२ कित्ता शेयर किनबेच हुँदा १ अर्ब १० करोड रुपैयाँको कारोबार भएको छ ।
ट्रेडिङ, हाईड्रोपावर र म्युचअल फण्ड बाहेक अन्य सबै क्षेत्रको उपसूचकमा हरीयाली छाएको छ । सबैभन्दा धेरै नेको इन्योरेन्सको १३ करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड १८ लाख रुपैयाँको कारोबार भएको छ ।
समृद्धि फाइनान्सका लगानीतकर्ताले ९ दशमलव ७७ प्रतिशतका दरले कमाएका छन् भने नेको इन्स्योरेन्सका लगानीकर्ताले ७ दशमलव २४ प्रतिशतका दरले कमाएका छन् ।
पंचकन्या माई हाईड्रोपावरका लगानीकर्ताका लगानीकर्ताले ३ दशमलव ७० प्रतिशतका दरले गुमाएको छ भने युनियन हाईड्रोपावरका लगानीकर्ताले ३ दशमलव २८ प्रतिशतका दरले गुमाएका छन् ।