काठमाडौं । साताको चौथौ दिन नेप्से १६ दशमलव ६० अंकले घटेर १३९१ दशमलव २९ को विन्दुमा कायम भएको छ । आज १ सय ८५ कम्पनीको २४ लाख ७४ हजार ३ सय २९ कित्ता शेयर किनबेच हुँदा ९७ करोड ६२ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।
कारोबार भएका सबै क्षेत्रको उपसूचकमा राताम्मे छाएको छ । सबैभन्दा धेरै नागरिक लगानी कोषका लगानीकर्ताले ७ करोड ९५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । नेपाल रि इन्स्योरेन्सको ६ करोड ६३ लाख रुपैयाँको कारोबार भएको छ ।
समृद्धि फाइनान्सका लगानीतकर्ताले १० प्रतिशतका दरले कमाएका छन् भने पंचकन्या माई हाइड्रोपावरका लगानीकर्ताले ५ दशमलव १३ प्रतिशतका दरले कमाएका छन् ।
प्रुडेन्सियल इन्स्योरेन्सका लगानीकर्ताका लगानीकर्ताले ३ दशमलव ८० प्रतिशतका दरले गुमाएको छ भने मितेरी डेभलपमेन्ट बैंकका लगानीकर्ताले ३ दशमलव २६ प्रतिशतका दरले गुमाएका छन्