IME Life New

सगरमाथा इन्स्योरेन्सले एकैदिन खोल्यो ९ ओटा शाखा, शाखाखोल्ने दौडमा बिमाक्षेत्रकै नया रेकर्ड

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौँ, चैत्र १। सगरमाथा इन्स्योरेन्स कम्पनी व्यवसाय प्रवर्द्धनको आक्रमक रणनीति अख्तियारी गरेको छ । कम्पनीले चैत्र १ गते नै ६ शाखा तथा ३ उपशाखा सञ्चालनमा ल्याएको छ । बीमा सेवाको पहुँचलाई देशका ग्रामीण क्षेत्रसम्म पु-याउने उदेश्यका साथ आफ्नो सेवालाई बिस्तार गरेको कम्पनीले जनाएको छ ।

कम्पनीले बाराको सिमरा, सुनसरीको धरान, पोखराको लेखनाथ, रुपन्देहीको मनिग्राम, सल्यानको श्रीनगर र कञ्चनपुरको महेन्द्रनगरमा नयाँ शाखा तथा चितवनको टाँडी, पाल्पाको तानसेन र रुकुमको मुसिकोटमा उपशाखा कार्यालयहरु एकसाथ सञ्चालनमा ल्याएको हो ।

Esewa
Crest

इन्स्योरेन्स कम्पनीहरुका शाखा सन्जाल सहरमुखी भएको जनगुनासको आईरहेको समयमा एकै दिन ९ ओटा शाखा खोलेर सगरमाथा इन्स्योरेन्सले इन्स्योरेन्स क्षेत्रमा नया रेकर्डनै कायम गरेको छ, प्राप्त जानकारी अनुसार इन्स्योरेन्स क्षेत्रमा एकै दिन सबै भन्दा बढी शाखा खोल्ने इन्स्योरेन्स कम्पनीको इतिहाश सगरमाथा इन्स्योरेन्सले रचेको छ।

कम्पनीले हाल प्रधान कार्यालय सहित ७ वटै प्रदेशका ३६ जिल्लाहरुमा ४८ वटा शाखा/उपशाखा तथा एक्सटेन्सन काउन्टर कार्यालय मार्फत निर्जीवन बीमा सेवा प्रदान गर्दै आएकोमा अब कार्यालयको संख्या ५७ पुगेको छ ।

चालू आर्थिक वर्षको अन्त्य सम्ममा थप १० वटा शाखा-उपशाखा तथा एक्सटेन्सन काउन्टर स्थापना गरी ६७ वटा कार्यालय मार्फत बीमा सेवा प्रदान गर्नेे लक्ष्य लिएको छ ।

कम्पनीका संचालक पद्म ज्योति र प्रमूख कार्यकारी अधिकृत चंकी क्षेत्रले बारा जिल्लाको सिमरा स्थित नयाँ शाखाको संयुक्त रुपमा उद्घाटन गरे । उद्घाटनलाई सम्बोधन गर्दै संचालक ज्योतिले नेपालका सबै समुदायका जनमानसमा बीमा सेवा पु-याउने उदेश्य कम्पनीको रहेको भन्दै आगामी दिनमा अझ प्रभावकारी ढंगबाट बीमा सेवा बिस्तार गर्ने बताए ।

शाखा स्थापना भएसँगै त्यस क्षेत्रका उद्योगी व्यापारीहरुले स्थानीय रुपमा सहज बीमा सेवा प्राप्त गरि आर्थिक जोखिमलाई बीमा कम्पनीमा हस्तान्तरण गर्न पाएका छन् ।

सगरमाथा इन्स्योरेन्सको चालु आर्थिक बर्षको आठ महिना अर्थात् फागुन मसान्तसम्ममा ३० प्रतिशतले व्यवसाय विस्तार गरेको छ । त्यस्तै कम्पनीले बीमा दाबीतर्फ फागुन मसान्तसम्ममा २ हजार ७८६ वटा दाबी फर्स्याैट गर्दै करिव ७८ करोड रुपैयाँ ग्राहकहरुलाई दाबी भुक्तानी गरीसकेको नेपालको बीमा क्षेत्रमा अग्रणी कम्पनीको रुपमा आफुलाई स्थापित गर्दै आएको कम्पनीले एक अर्ब बढी बीमाशूल्क संकलन गरी सकेको प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीले बताए ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS