IME Life
GBIME

लुम्बिनी जनरल इन्स्योरेन्सको खुद बीमाशुल्क र नाफा दुबै घट्यो

SPIL
NIC ASIA new
NLIC

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिमा ५८ करोड ८३ लाख रुपैयाँ बीमाशुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले गत बर्षको सोहि अवधिमा ६६ करोड ३८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा २१ दशमलव ४३ प्रतिशतले घटेको छ ।समिक्षा अवधिमा कम्पनीको नाफा ११ प्रतिशतले घटेर २० करोड ४१ लाख रुपैयाँमा सिमित भएको । अघिल्लो वर्ष कम्पनीले २५ करोड ९८ लाख रुपैयाँ नाफा कमाएको थियो ।

Crest

अघिल्लो वर्ष ५६ करोड ९८ लाख रुपैयाँ रहेको बिमा कोषको आकार असार सम्ममा ६४ करोड ४५ लाख रुपैयाँ पुगेको छ । असार मसान्त सम्ममा १ अर्ब १४ करोडरुपैयाँ चुक्ता पुँजी रहेको छ भने जगेडा कोषमा २४ करोड १२ लाख रुपैयाँ छ ।

यसअवधिमा कम्पनीले कुल ७६ करोड ८४ लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ भने ६७ करोड ८ लाख रुपैयाँ दाबी भुक्तानी गर्न बाँकी रहेको छ ।कम्पनीको प्रतिसेयर आम्दानी १७ रुपैयाँ ८८ पैसा रहेको यसको प्रतिसेयर नेटवर्थ १८२ रुपैयाँ ८३ पैसा छ ।

Sanima Reliance
Siddhartha Bank
Maruti Cements

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS