Connect IPS
IME Life

बलियो बन्दै नेशनल लाईफ, जीवन बीमा कोषमा ३३ अर्ब, बीमा शुल्क आर्जन १६ प्रतिशतले बढ्यो

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी थप बलियो बन्दै अघि बढेको आज प्रकाशित वित्तीय विवरणमा देखिएको छ । सो कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार जीवन बीमा कोषमा उल्लेख्य बृद्धि भएको छ भने बीमा शुल्क आर्जन, आम्दानी र मुनाफासहितका सबै सूचांकहरु सकारात्मक देखिएका छन् ।

गत आवमा कम्पनीले कूल बीमा शुल्क आर्जन नौ अर्ब २२ करोड ६ लाख १४ हजार ४३ रुपैयाँ गरेको छ भने खुद बीमा शुल्क आर्जन नौ अर्ब ११ करोड ४० लाख ७९ हजार ९३६ रुपैयाँ छ । अघिल्लो आवमा कम्पनीको कूल बीमा शुल्क एक अर्ब २० करोड रुपैयाँ बृद्धि गर्न सफल भएको छ । त्यस्तै खुद बीमा शुल्क १६ प्रतिशतले बृद्धि गर्न सफल भएको देखिएको छ । कम्पनीले अघिल्लो आवमा सात अर्ब ८० करोड दुई लाख ४६ हजार ६९४ रुपैयाँ आर्जन गरेको थियो ।

Prabhu
Crest

नेशनल लाईफ इन्स्योरेन्सको जीवन बीमा कोष छ अर्ब भन्दा बढिले बृद्धि भएको छ । अघिल्लो आवमा २७ अर्ब १९ करोड आठ लाख ३२ हजार ७९२ रुपैयाँ रहेको कोषमा गत असार मसान्त सम्ममा ३३ अर्ब ७२ करोड १६ लाख १० हजार ७३४ रुपैयाँ जम्मा गरेको छ । कम्पनीले जगेडा कोषमा एक अर्ब तीन करोड ६१ लाख ८१ हजार ७७२ रुपैयाँ जम्मा गरेको छ भने महाविपत्ति कोषमा २७ करोड ८९ लाख २४ हजार ४५८ रुपैयाँ जम्मा गरेको छ । उल्लेखित थप कोष सहित नेशनल लाईफको कूल कोषको आकार ३५ अर्ब तीन करोड ६७ लाख १६ हजार ९६४ रुपैयाँ जम्मा गरेको छ । जीवन बीमा कम्पनीहरुमा जीवन बीमा कोष जति ठूलो र बलियो भयो, त्यति नै बलियो र राम्रो र प्रतिफल दिन सक्षम कम्पनी मानिन्छ ।

कम्पनीको मुनाफामा बृद्धि भएको छ । अघिल्लो आवमा जम्मा ३३ करोड मुनाफा गरेको कम्पनीले गत आवमा ३९ करोड १२ लाख २९ हजार १३८ रुपैयाँ मुनाफा बृद्धि गर्न सफल भएको हो । यद्यपि जीवन बीमा कम्पनीहरुको बीमाङ्कीय मूल्याङ्कनपछि मुनाफामा हेरफेर हुनेछ ।
कम्पनीको व्यवस्थापन खर्च सामान्य बृद्धि भएको छ । अघिल्लो आवमा कूल ७५ करोड व्यवस्थापन खर्च गरेको कम्पनीले गत आवमा ८० करोड रुपैयाँ व्यवस्थापन खर्च गरेको छ ।

त्यसैगरी, कम्पनी गत आवमा दुई अर्ब ७६ करोड ४५ लाख ७० हजार ९२१ रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो वर्ष दावी भुक्तानी केही कम अर्थात दुई अर्ब ५० करोड छ लाख ३० हजार ४७४ रुपैयाँ थियो । कम्पनीको भुक्तानी हुन बाँकी रकम ३८ करोड ११ लाख आठ हजार ७३७ रुपैयाँ रहेको देखिएको छ । अघिल्लो वर्ष २६ करोड ५४ लाख सात हजार ३३६ रुपैयाँ थियो ।

समीक्षा अवधीमा नेशनल लाईफको आम्दानी समेत बृद्धि भएको देखिएको छ । कर्जा तथा लगानीबाट प्राप्त आम्दानी झण्डै आधा अर्बले बृद्धि भएको छ । अघिल्लो वर्ष दुई अर्ब नौ करोड रहेको आम्दानी यस वर्ष बढेर दुई अर्ब ४८ करोड पुगेको छ । त्यस्तै जीवन बीमा पोलिसी धितोमा प्राप्त आम्दानी समेत आठ करोड रुपैयाँ बढेर ३८ करोड पुगेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १६.९२ रुपैयाँ, प्रतिशेयर नेटवर्थ १३३.६१, पिई अनुपात ३९.१२ र प्रतिशेयर कूल सम्पत्तको मूल्य १३४०.०४ रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

100%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS