Connect IPS
IME Life

आइएमई जनरल इन्स्योरेन्सको बीमाशुल्क आजर्न ८ प्रतिशतले बढ्यो, नाफा कति ?

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । आइएमई जनरल इस्योरेन्स कम्पनीले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले गत आर्थिक वर्षकोे चौथा त्रैमाससम्ममा १ अर्ब ३६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गर्न सफल भएको छ ।

कम्पनीले अघिल्लो आर्थिक वर्षको सोहि अवधिमा १ अर्ब २६ करोड रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेको थियो । गत आर्थिक बर्षको तुलनामा कम्पनीको कुल बीमा आर्जन रकम ८ दशमलव ८५ प्रतिशतले बढेको छ ।

Prabhu
Crest

समिक्षा अवधिमा कम्पनीको पुनर्बीमा कमिशनबाट हुने आम्दानी र लगानी कर्जा तथा अन्यबाट हुने आम्दानीको आकार बढेको छ । कम्पनीले ३ हजार ५ सय १२ वटा बीमा दाबी भुक्तानी गरेको छ भने २ हजार ९ सय ६४ वटा बीमा दाबीको भुक्तानी गर्न बाँकी छ । कम्पनीले ७४ करोड २६ लाख रुपैयाँ बीमा कुल बीमा दाबी वापत भुक्तानी गरिसकेको छ भने ४४ करोड ७० लाख रुपैयाँ बीमा दाबी भुक्तानी दिन बाँकि रहेको छ ।

समिक्षा अवधिमा कम्पनीले २१ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले गत बर्षको सोहि अवधिमा १४ करोड ४५ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ४५ दशमलव ४४ प्रतिशतले बढेको छ ।

१ अर्ब रुपैयाँ माथि रहेको छ भने जगेडा कोषमा २० करोड ९६ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै कम्पनीले बीमा कोषमा ३५ करोड ६२ लाख रुपैयाँ संचित रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी १४ रुपैयाँ ४४ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ५२ रुपैयाँ ३० पैसा रहेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS