Connect IPS
IME Life

सन नेपाल लाईफको जीवन बीमा कोष दोब्बर, बीमा शुल्क आर्जन अर्बमाथि

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । सन नेपाल लाईफ इन्स्योरेन्सले जीवन बीमा कोषमा एक अर्ब २५ करोड ३२ लाख रुपैयाँ जम्मा गरेकोे छ । वर्षदिनमा कम्पनीले जीवन बीमा कोषमा दोब्बर भन्दा बढि रकम जम्मा गर्न सफल भएको हो । अघिल्लो आर्थिक वर्षमा ६० करोड ३९ लाख रुपैयाँ जम्मा गरेको कम्पनीले यस वर्ष दोब्बर गर्न सफल भएको हो । त्यस्तै कम्पनीको जीवन बीमा शुल्क आर्जन समेत उल्लेख्य बृद्धि भएको छ । अघिल्लो वर्ष खुद बीमा शुल्क ७८ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको कम्पनीले यस वर्ष एक अर्ब ७ करोड ३९ लाख ३७ हजार रुपैयाँ आर्जन गर्न सफल भएको सो कम्पनीले आज प्रकाशन गरेको वित्तीय विवरणमा उल्लेख छ ।

त्यस्तै कम्पनीले कूल बीमा शुल्क आर्जन दुई अर्ब २२ करोड ९६ लाख ७१ हजार रहेको छ । अघिल्लो वर्ष कम्पनीको कूल बीमा शुल्क आर्जन एक अर्ब १२ करोड ४५ लाख तीन हजार रुपैयाँ थियो ।

Prabhu
Crest

कम्पनीले समीक्षा अवधीमा ११ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीले १० करोड २१ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा हेरफेर हुनसक्नेछ । कम्पनीको व्यवस्थापन खर्च केही बढेको छ । अघिल्लो वर्ष २३ करोड ८५ लाख व्यवस्थापन गरेको कम्पनीले यस वर्ष ३० करोड ८९ लाख रुपैयाँ व्यवस्थापन खर्च गरेको छ । बीमा कम्पनीमा ४३ हजार २५६ वटा बीमा पोलिसी कायम छ । अघिल्लो वर्षको तुलनामा करिब पाँच हजार आठ सयले बढि हो ।

कम्पनीले गत आर्थिक वर्षमा ७२ लाख ३१ हजार रुपैयाँ दावी भुक्तानी गरेको छ । अघिल्लो वर्ष ३४ लाख छ हजार रुपैयाँ थियो । कम्पनीको बाँकी दावी भुक्तानी दुई लाख ९९ हजार रुपैयाँ छ । अघिल्लो वर्ष २२ लाख भन्दा बढि थियो ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS