Connect IPS
IME Life

एलआईसी नेपालको बीमा शुल्क आर्जन १५ अर्ब नजिक, जीवन बीमा कोषमा झण्डै ६८ अर्ब जम्मा

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । लाईफ इन्स्योरेन्स कर्पोरेशन नेपाल (एलआईसी नेपाल) ले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशन गरेको छ । एलआईसी नेपालको आज प्रकाशित अपरिस्कृत वित्तीय विवरण अनुसार गत आवमा झण्डै १५ अर्ब अर्थात १४ अर्ब ८३ करोड ८५ लाख २५ हजार २९१ रुपैयाँ खूद बीमा शुल्क आर्जन गरेको छ । गत आर्थिक वर्षमा १३ अर्ब ३४ करोड ७१ लाख १७ हजार ३७६ रुपैयाँ आर्जन गरेको थियो । कोरोना महामारीका बीच सो कम्पनीले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । कम्पनीले गत आवको भन्दा करिब डेढ अर्ब रुपैयाँ बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ ।

त्यस्तै कम्पनीको कूल बीमा शुल्क आर्जन १४ अर्ब ९२ करोड ३८ लाख ५९ हजार छ । अघिल्लो वर्ष कम्पनीले १३ अर्ब ४१ करोड १७ लाख ९८ हजार रुपैयाँ आर्जन गरेको थियो कम्पनीको कूल बीमा शुल्क समेत बृद्धि भएको छ ।

Prabhu
Crest

गत आवको असार मसान्त सम्ममा एलआईसी नेपालले तीन अर्ब ७४ करोड पाँच लाख ७१ हजार ९५६ रुपैयाँ दावी भुक्तानी गरेको छ । मृत्यु दावी भुक्तानी तथा परिपक्व पश्चात गरिएको दावी भुक्तानी अघिल्लो वर्ष तीन अर्ब ३४ करोड ९४ लाख १५ हजार ३३८ रुपैयाँ थियो ।
त्यस्तै कम्पनीको भुक्तानी हुन बाँकी रकम २० करोड २८ लाख १८ हजार ४० रुपैयाँ छ । अघिल्लो वर्ष दावी भुक्तानी हुन बाँकी रकम १४ करोड ३३ लाख ८४ हजार १३० रुपैयाँ थियो ।

कम्पनीले सञ्चालन अवधीमा ११ करोड ९७ लाख ९१ हजार ९६४ रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो वर्ष कम्पनीको मुनाफा १६ करोड भन्दा बढि थियो । यद्यपि जीवन बीमा कम्पनीहरुको मुनाफा बीमाङ्कीय मूल्याङ्कनको क्रममा बढ्ने वा घट्ने हुन सक्नेछ । सोही बमोजिम लेखा परिक्षण तयार हुने हुँदा अहिले प्रक्षेपित मुनाफालाई अन्तिम तथ्याङ्क मान्न सकिदैन ।

गत आव सम्ममा कम्पनीमा ७ लाख ६२ हजार १६३ वटा बीमालेख कायम छ । गत वर्ष कूल बीमालेखको संख्या सात ७ लाख ९४ हजार ४५१ वटा थियो । कोरोना महामारीको कारण गत चैत्र ११ गतेदेखि चार महिना लामो लकडाउनको असर कम्पनीमा सामान्य रुपमा परेको देखिएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS