IME Life New

नेपाल लाइफको बीमाशुल्क आर्जन २० प्रतिशतले बढ्यो, अन्य सूचक कस्तो ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २७ अर्ब ३४ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ। कम्पनीले गत बर्षको सोहि अवधिमा २२ अर्ब ८२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको थियो । अघिल्लो बर्षको तुलनामा कम्पनीको नाफा १९ दशमलव ७८ प्रतिशतले बढेको छ ।

त्यस्तै, चौथौ त्रैमासको अवधिमा कम्पनीको खुद नाफा ५२ करोड ३२ लाख रुपैंयाबाट बढेर ५३ करोड ३ लाख रुपैंयामा कायम भएको छ । समीक्षा अवधिमा कम्पनीकोे खुद नाफा ७१ लाख रुपैंयाले बढेको देखिएको हो । कम्पनीको बिमाङ्कीय मूल्यांकन पछि नाफा थप हुने देखिन्छ ।

Esewa
Crest

समिक्षा अवधिमा कम्पनीले ४० हजार २४३ वटा दाबी वापत ६ अर्ब ६७ करोड ५५ लाख ६६ हजार रुपैंया भुक्तानी गरेको छ भनेएक अर्ब ६१ करोड ६१ लाख ४१ हजार रुपैंया बराबरको बीमा दाबी भुक्तानी गर्न बाँकी छ ।
कम्पनीको चुक्ता पूँजीमा ५ अर्ब ४९ करोडरुपैंया रहेको भने जगेडा कोषमा ३ अर्ब ५० करोड ७७ लाख रुपैंया संचित रहेको छ । त्यस्तै, जीवन बीमा कोष ८७ अर्ब २ करोड रुपैंया छ ।
कम्पनीको प्रतिशेयर आम्दानी ९ रुपैयाँ ६५ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १ सय ७३ रुपैयाँ ९२ पैसा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS