काठमाडौं । चौथौ त्रैमासको अवधिमा युनाइटेड मोदी हाइड्रोपावरको नाफा घटेको छ । कम्पनीले चौथो त्रैमाससम्ममा ५ करोड ७५ लाख २६ हजार खुद नाफा कमाएको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीले ९ करोड ५० लाख ३६ हजार रहेको थियो । गत बर्षको तुलनामा कम्पनीको नाफा ३९ प्रतिशतले घटेको हो ।
अघिल्लो आर्थिक बर्षमा ३१ करोड ५९ लाख ५९ हजार विद्युत् विक्रीबाट आम्दानी गरेको कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा ३० करोड ११ लाख ७३ हजार आम्दानी गरेको हो । कम्पनीको विद्युत् विक्रीबाट हुने आम्दानी अघिल्लो वर्षको तुलनामा ४ प्रतिशतले घटेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब १५ करोड र जगेडा कोष रकम ६ करोड ९४ लाख रुपैयाँ संचित रहेको छ ।