काठमाडौं । गणपति माइक्रोफाइनान्सले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।कम्पनीले चौथौ त्रैमासको अवधिसम्ममा २ करोड ३९ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।
कम्पनीले अघिल्लो वर्षको सोहि अवधिमा तीन करोड ४ लाख ८४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो । समिक्षा अवधिमा कम्पनीको संचालन नाफामा १९ प्रतिशतले घटेको छ ।अघिल्लो आर्थिक वर्षमा कम्पनीको संचालन नाफा तीन करोड ७३ लाख रुपैयाँ रहेको थियो भने गत बर्षको असार मसान्तसम्मा कम्पनीको संचालन नाफा तीन करोड ३ लाख रुपैयाँमा समित भएको छ ।
१२ महिनाको अवधिमा कम्पनीको खुद ब्याज आम्दानी ५४.५७ प्रतिशतले बढेर ९ करोड ४१ लाख रुपैयाँ पुगेको छ । अघिल्लो वर्षको सोहि अवधिमा कम्पनीकोे खुद ब्याज आम्दानी ६ करोड ९ लाख रुपैयाँ रहेको थियो । समिक्षा अवधिमा कम्पनीको खराब कर्जा अनुपात ०.६९ प्रतिशतबाट बढेर १ दशमलव ७७ प्रतिशत पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ६३ र प्रतिसेयर नेटवर्थ १२९ रुपैयाँ ३७ पैसा छ ।