IME Life New

नेपाल बंगलादेश बैंकको ऋणपत्रले कति पायो रेटिङ?

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । नेपाल बंगलादेश बैंकले २ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न ऋणपत्रको रेटिङ गराएको छ । उक्त ऋणपत्रलाई इक्रा नेपालले ‘केयर एनपि एल त्रिपल बि प्लस’ रेटिङ प्रदान गरेको छ ।

बैंकले एक हजार रुपैयाँ अंकित दरमा २० लाख कित्ता ऋणपत्र जारी गर्न लागेको हो। बैंकले १ अर्ब २० करोड बराबरको १२ लाख कित्ता ऋणपत्र व्यक्तिगत तबरमा तथा ८० करोड बराबरको ८ लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।

Esewa
Crest

बैंकले पाएका मध्यम क्रेडिट गुणस्तर जनाउने केयर एनपि एल त्रिपल बि प्लस रेटिङ्गले बैंकको ऋणपत्रमा गरिने लगानी मध्यम रुपमा सुरक्षित मानिन्छ।

बैंकले ऋणपत्र जारी गर्न रेटिङ्ग गराएपनि हालसम्म नेपाल धितोपत्र बोर्डमा भने आवेदन दिएको छैन। बोर्डबाट अनुमति पाएपश्चात मात्र बैंकको ऋणपत्र निष्काशनको प्रक्रिया अगाडि बढ्ने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS