काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्सले नयाँ बीमा योजना सार्वजनिक गर्दै हरेक वर्ष ५ प्रतिशत बीमाङ्क रकम फिर्ता जनाएको छ । महालक्ष्मी लाईफ इन्स्योरेन्सले हरेक वर्ष पाँच प्रतिशत बीमाङ्क रकम फिर्ता गरेपनि जोखिम भने पूर्ण रकमको बहन गर्न जनाएको छ ।
महालक्ष्मी लाईफले हालै सार्वजनिक गरेको प्रचार सामग्रीमा बीमा अवधीभित्रैमा निश्चित रकम फिर्ता लिन सकिने, बीमा अवधीभर बीमाङ्क रकमको दोब्बर जोखिम बहन हुन र बीमा योजना मुनाफामा सहभागी हुन पाइने उल्लेख छ ।
महालक्ष्मी लाईफ आक्रामक व्यवसाय विस्तारमा सक्रिय छ । यसैक्रममा नयाँ योजनाको साथ प्रचार सामग्रीसहित डिजिटल बीमा प्रचारमा महालक्ष्मी लाईफ सक्रिय रुपमा लागि रहेको सो कम्पनीले जनाएको छ ।