IME Life New

घरेलु लघुवित्तले कमायो ६ लाख ६७ हजार रुपैयाँ नाफा

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७६ /७७ को वित्तीय विवरण प्रकाशन गरेको छ । संस्थाले गत आर्थिक वर्षमा ६ लाख ६७ हजार रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आर्थिक वर्षमा २१ लाख ४५ हजार रुपैयाँ नोक्सानीमा रहेको थियो ।

चुक्ता पूँजी ७ करोड ३ लाख रुपैयाँ रहेको छ । असार मसान्तसम्ममा लघुवित्तले १ करोड ७६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ भने सञ्चालन मुनाफा ७ लाख ३४ हजार रुपैयाँ रहेको छ। यस्तै खराब कर्जा अनुपात शुन्य प्रतिशत रहेको छ।

Esewa
Crest

लघुवित्त समता लघुवित्तसँग मर्जरको क्रममा रहेको छ। घरेलु लघुवित्तको १०० कित्ता शेयर बराबर समताको ८० कित्ता शेयर आदान प्रदान गर्ने गरि यी दुई कम्पनी मर्जरमा जाने समझदारी पत्रमामा असार १ गते सम्झौता गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS