काठमाडौं । प्रभु क्यापिटलले हितग्राही खाताको वार्षिक शुल्क बुझाउन शेयरधनीहरुलाई अनुरोध गरेको छ । क्यापिटलले साउन ३२ गते भित्रमा १ सय रुपैयाँ शुल्क बुझाउन शेयरधनीहरुलाई आग्रह गरेकोे छ ।
हितग्राही खाताधनीहरुले प्रभु बैंकको कमलादीको खाता नं १११००६३१८१६००१०३ मा वार्षिक शुल्क जम्मा गनु पर्ने क्यापिटलले शेयरधनीहरुलाई आग्रह गरेको छ । यसका साथै शेयरधनीहरुले मेरोशेयरको नविकरण शुल्क प्रभु पे, ई–सेवा , खल्ती कन्केट आईपीएस मार्फत भुक्तानी गर्न सक्नेछन् ।
यसका साथै सेवा सुचारु गरेका लाभग्राहीले एक वर्षको अवधिभित्र ५० रुपैयाँ का दरले शुल्क तिरी नविकरण गरिसक्नुपर्नेछ । अन्त्यथा डिम्याट खाता बन्द हुने कयापिटलले जनाएको छ ।