काठमाडौं । साताको चौथौ दिन नेप्से ५ दशमलव ८९ अंकले घटेर १३८२ दशमलव २५ को विन्दुमा कायम भएको छ । आज १ सय ८६ कम्पनीको ३४ लाख ४७ हजार ७ सय ६५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब २३ करोड रुपैयाँको कारोबार भएको छ ।
आज नेप्से सूचक गणनामा त्रुटि देखिएको छ । नेप्सेको सिस्टममा समस्या देखिँदा लगानीकर्ता अन्योलतमा परेका छन् । आज सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनीको शेयरको १३ करोड ६१ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफको ९ करोड माथिको कारोबार भएको छ ।
अजोड इन्स्योरेन्सका लगानीतकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् भने आरम्भ चौतारी लघुवित्तका लगानीकर्ताले ९ दशमलव ९४ प्रतिशतका दरले कमाएका छन् ।
आँखु खोला हाइड्रोपावरका लगानीकर्ताले ९ दशमलव ८४ प्रतिशतका दरले गुमाएको छ भने घलेम्दी हाईड्रोपावरका लगानीकर्ताले ९ दशमलव ५२ प्रतिशतका दरले गुमाएका छन्।