IME Life New

विपन्नलाई स्वदेशी लघुवित्त तथा विशाल ग्रुपको सहयोग

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । स्वदेशी लघुवित्त वित्तिय संस्थाले उपल्लो माध्यमिक विद्यालय रेसुङ्गा नगरपालीका, तम्घास गुल्मीमा चटपटे बेचेर अध्ययन गरीरहेका विपन्न परीवारका दुई दाजु भाईलाई सहयोग आर्थिक सहयोग गरेको छ ।

उनीहरु अध्ययन गरीरहेकै स्कुलमा गई स्वदेशी लघुुवित्त वित्तिय संस्था तथा विशाल गु्रपले संयुक्त रुपमा सहयोग गरेका छन् ।तम्घास बजार गुल्मीमा घरायसी अन्य आम्दानीको स्रोत नभएकाले साँझ बिहान चटपटे बेचेर दिउँसको समय स्कुल पढिरहेका साथै आफ्नो बुवा मानसीक बिरामी भएकाले समस्यामा रहेको भन्ने दुई दाजुभाईको समाचार मिडियाबाट थाहा पाएर स्वदेशी लघुुवित्त तथा विशाल ग्रुपले संयुक्त रुपमा सहयोगको हात अगाडी बढाएको हो ।

Esewa
Crest

९ वर्षको कलिलो उमेरमै आमा गुमाएका ति दाजुभाईलाई आफ्नो बिरामी बुवाको समेत उपचार तथा रेखदेख गर्नुपर्ने जिम्मेवारी आईपरेको छ । हाल देशैभरी कार्यक्षेत्र विस्तार गरी लघुवित्त कार्यक्रम संचालन गरीरहेको राष्ट्रिय स्तरको लघुवित्त संस्था स्वदेशी लघुवित्त तथा विसाल ग्रुपले संयुक्त रुपमा धेरै ठाउँमा यस्तै यस्तै सहयोगका कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS