काठमाडौं । एभरेष्ट बैंकले लुम्बिनी नेत्र विज्ञान अध्ययन संस्थानका रणअम्बिका शाह आँखा अस्पताल तथा रिसर्च सेन्टरलाई अटोरिफ्याक्टोमिटर र केराटोमिटर हस्तान्तरण गरेको छ ।
१० लाख १५ हजार रुपैयाँ बराबरको रहेको उक्त उपकरण अस्पताल व्यवस्थापन समितिका अध्यक्ष सागर प्रताप राणालाई बैंकका प्रदेश नं ५ प्रमुख विष्णुप्रसाद ज्ञवालीले हस्तान्तरण गरेको जनाएको छ ।