Connect IPS
IME Life

सगुनको शेयर निष्काशनप्रति धितोपत्र बोर्डको आपत्ति, लगानी नगर्न आग्रह

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । नेपाल धितोपत्र बोर्डले बोर्डबाट स्वीकृति नगरेका निष्काशन तथा योजनाहरुमा सहभागी नहुन सर्वसाधारणलाई आग्रह गरेको छ । बोर्डले एक सूचना जारी गर्दै यस्तो जानकारी दिएको हो ।

बोर्डले केहि समययता विभिन्न संचार माध्यममा विदेशमा दर्ता भएको कम्पनी सगुन इन्कर्पोशन जस्ता कम्पनीले नेपाली लगानीकर्ताहरुलाई लक्षित गरी धितोपत्रको सावर्जनिक निष्काशन जारी गरेको समाचार र विज्ञापनहरु प्रति गम्भीर ध्यानाकर्षण गराएको छ । बोर्डले यस्ता कम्पनीहरुले निष्काशन गरेको आईपिओमा लगानी नगर्न लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।

Prabhu
Crest

यसका साथै बोर्डले अनुमति प्राप्त नगरेका निष्काशन तथा योजनाहरुके विज्ञापन तथा सूचना प्रकाशन नर्गन संचार माध्यमहरुलाई आग्रह गरेको छ। बोर्डको स्वीकृति बिना गैर कानुनी हुने र यसले लगानीकर्ताको हित संरक्षण नहुने भन्दै बोर्डले बोर्डबाट स्वीकृत पाएका निष्काशन तथा योजनामा मात्र सहभागी हुन लगानीकर्ताहरुलाई आग्रह गरेको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS