IME Life New

नबिल बैंकद्वारा स्क्यान एण्ड वीथ ड्र सेवा शुभारम्भ

SPIL
Global College
Nepal Life New

समाचार सुन्नुहोस्

काठमाडौं । आफ्ना ग्राहक महानुभावहरुलाई नयाँ पद्धतीको बैंकिङ्ग सुविधा उपलब्ध गराउने उद्देश्यले नबिल बैंकले ‘स्क्यान एण्ड वीथ ड्र सुविधाको सुरुवात गरेको छ । स्क्यान एण्ड वीथ ड्र मार्फत ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न सक्नेछन् ।

बैंकले हाललाई यो सेवा काठमाडौं उपत्यकाका सबै शाखाबाट उपलब्ध गराएको छ । नबिल बैंकले चाँडै यो सेवालाई देशभरिका शाखाहरुमा उपलब्ध गराउने जनाएको छ ।

Crest

नयाँ सेवाको सुरुआतको अवसरमा बैंककाप्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले भने, “अब नबिल बैंकका ग्राहकमहानुभावले चेक÷एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ्ग ए्यापमा लग–ईन गरेर बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नुहुनेछ।”

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नबिल बैंकले यस पद्धती मार्फत बैक कर्मचारी र ग्राहकको सम्पर्क सकेसम्म घटाएको छ ।

ग्राहकले क्यूआरकोड स्क्यान गर्दा अब स्वतः ग्राहकको खाताबाट रकम घट्नेछ र बैंकको कर्मचारीले केवल ग्राहकलाई झिक्न खोजिएको रकम हस्तान्तरण गर्नुपर्नेछ । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहका अनुसार स्क्यान एण्ड वीथ ड्र मार्फत नबिल बैंकका ग्राहक महानुभावहरुले सहज र छिटो सेवा प्राप्त गर्ने बैंकले अपेक्षा गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS