IME Life New

कात्तिक १५ देखि सर्वसाधारणका लागि माथिल्लो तामाकोशीको दुई अर्ब ६३ करोडको आइपिओ आउँदै

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले कात्तिक १५ गतेदेखि सर्वसाधारणका लागि सेयर निष्काशन गर्ने भएको छ । दोस्रो चरणको साधारण सेयरअन्तर्गत सर्वसाधारणका लागि १ करोड ५८ लाख ८५ हजार कित्ता सेयर निष्काशन गर्न लागिएको हो । प्रतिकित्ता सय रुपैयाँ दरका २ करोड ६४ लाख ७५ हजार कित्ता सेयर मध्ये पहिलो चरणमा दोलखाका खायोजना प्रभावितका लागि १ करोड ५ लाख ९० हजार कित्ता सेयर निष्काशन गरिएको थियो । जसको लागि साउन १६ देखि भदौ २१ गतेसम्म आवेदन भर्ने समय थियो ।

यस्तै, आयोजनाले आम नेपालीलाई कूल पूँजीको १५ प्रतिशत साधारण शेयर बिक्री गर्ने छ । सर्वसाधारणलाई एक अर्ब ५८ करोड ८५ लाख रुपैयाँ बराबरको एक करोड ५८ लाख ८५ हजार कित्ता शेयर बिक्री गरिने छ । स्थानीय बासिन्दा तथा सर्वसाधारणलाई छुट्याइएको क्रमशः १० र १५ प्रतिशत साधारण शेयर बिक्री भएपछि मात्रै कर्मचारीलाई बिक्री गरिएको शेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत गरिने छ ।

Esewa
Crest

न्यूनतम ५० कित्ता र अधिकतम एक हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । आवेदन सि—आस्वा प्राप्त बैंक तथा वित्तिय संस्थाबाट भर्न र बुझाउन सकिनेछ । पर्याप्त आवेदन परेको अवस्थामा कात्तिक १९ गते आवेदन फारम बुझाउने अन्तिम दिन हुनेछ । यदि सो समयमा पर्याप्त आवेदन नपरेको अवस्थामा भने मंसिर १४ गतेसम्म समय थप गरिनेछ ।

दोलखामा निर्माणाधीन ४५६ मेगावाट क्षमताको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाको अहिलेसम्म भौतिक निर्माण ९४ प्रतिशत सम्पन्न भएको छ ।
आयोजनाले यसअघि नै कर्मचारी सञ्चय कोषका कर्मचारी र पाँच लाखभन्दा बढी सञ्चयकर्तालाई २४ प्रतिशत शेयर सीमित साधारण शेयर बिक्री गरिसकेको छ । तर बिक्री गरिएको उक्त साधारण शेयर हालसम्म पनि नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत हुन सकेको छैन ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS