IME Life New

इन्स्योरेन्स शिक्षा: अष्ट्रिच बीमालेख बारे जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्


नेपालमा पनि अष्ट्रिच पालन गर्ने व्यवसायीहरुको संख्या बढ्दै छ । यसलाई मध्यनजर गदै बीमा समितिले अष्ट्रिच बीमा योजना ल्याएको छ । बीमा गरिएको अष्ट्रिचको हानि वा नोक्सानि भएमा बीमालेखले रक्षावरण गर्दछ ।

बीमालेखले रक्षावरण गर्ने जोखिमहरु
अष्ट्रिच बीमा योजनाले सबै अवस्थामा रक्षावरण गर्दैन । अष्ट्रिचकोे बीमा अवधि भित्र आगलागी, चट्याङ, भूकम्प, बाढी, डुवान, खडेरी, पहिरो, भूस्खलन, आँधिबेहरी, असिना, हिँउ वा तुसारो, आकस्मिक अन्य दुर्घटनाजन्य बाह्य कारणहरु, किरा तथा रोगबाट हानी नोक्सानी भएमा मात्रै रक्षावरण गर्छ ।

Esewa
Crest

रक्षावरण नगर्ने अवस्थाहरु
अष्ट्रिच बीमाले केही निश्चित अवस्थामा दाबी भुक्तानी गर्दैन । अष्ट्रिच धनी वा निजको घरको परिवारको सदस्यल, कर्मचारी, पशुचिकित्सक, अवलोकनकर्ता, अन्य हेरचाहमा संलग्न व्यक्तिको लापरवाहिले वा जानाजान वा मनोरञ्जनको उद्देश्य बाट वा रिसईवीपूर्ण व्यवहारको कारणले अष्ट्रिच मरेमा, व्यापक संक्रामक रोगको कारण बाट बीमित अष्ट्रिच मरेमा, अष्ट्रिचको रोग रोकथामको लागि लगाउनु पर्ने खोप नलगाई मृत्यु भएमा, सरकारी निकायको आदेशमा अष्ट्रिचलाई नष्ट गर्नु परेमा, हराएमा वा चोरी भएमा, पालिएका स्थान भन्दा पचास मिटर दुरीमा भएको दुर्घटनाजन्य कारण बाट मरेमा, बिक्री वा अन्य कुनै कारण बाट स्वामित्व हस्तान्तरण भएमा, युद्ध, आक्रमण, विदेशी सैन्य कारवाहि, गृहयुद्ध, क्रान्ति, सत्ता, जस्ता कारण बाट अष्ट्रिचको मृत्यु भएमा, आणविक विकिरण वा आणविक इन्धनको ज्वलनपछि शेष रहेको बेकम्मा पदार्थबाट निस्कने रेडियो धर्मिता जारी रहने अणुको विच्छेदनको ज्वलन समेतको सक्रियता संसर्ग बाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपले हुने कुनै दुर्घटना, अष्ट्रिच राख्ने स्थानको सम्बन्धमा अष्ट्रिचधनीले मूलभूत विवरण दिँदा झुट्टा विवरण दिएमा, जोखिमको मुल्याङक गर्नके लागि आवश्यक पर्ने वास्तविकता लुकाई झुट्टा कुरा उल्लेख गरेमा, बीमकको सहमति बेगर अष्ट्रिचलाई जुन प्रयोजनको लागि ल्याएको हो सो बाहेक अन्य प्रयोजनमा प्रयोग गरेमा, बीमा अवधि शुरु भएको दिन बाट ७ दिन भित्र रोग लागेमा वा सोको कारण बाट मृत्यु भएमा कम्पनीले दाबी भुक्तानि गर्दैन ।

दाबी सम्बन्धि प्रक्रिया
यस बीमलेखले रक्षावरण गरेको जोखिमहरुका कारण बाट अष्ट्रिच मरेमा सोको ७ दिन भित्र वा सोअवधि भित्र संभव नभएमा सोको कारण सहित संभव हुनासाथ बीमित बैंक वा सदस्य संस्था मार्फत देहायका कागजातहरुका साथ बीमक समक्ष पेश गर्नु पर्नेछ ।

सक्कल बीमलेख, पूर्ण रुपले भरिएको दाबी फाराम, अष्ट्रिच मरेको प्रमाण पत्र, अष्ट्रिच पालन सम्बन्धि अध्यावधिक अभिलेखको प्रतिलेखको प्रति, अष्ट्रिचमा लगाएको संकेत पट्टा, मरेको फोटो, सम्बन्धित गाउँपालिका÷नगरपालिका÷ वडा र कम्तिमा नजिकको २ जना छिमेकि वा संधियारको सर्जमिन मुचुल्का संकलन गरि दाबी गर्नु पर्दछ ।
यस बीमालेख अन्तर्गत बीमकले दाबी भुक्तानि नदिएमा वा कम दिएमा साको जानकारी प्राप्त भएको पैँतीस दिन भित्र अष्ट्रिचधनीले बीमा समितिमा उजुरी दिन सक्नेछ ।

विशेष व्यवस्थाहरु
अष्ट्रिच प्रति वर्ष बीमाङक रकमको दुई प्रतिशतका दरले बीमाशुल्क लाग्नेछ, सदस्य संस्था मार्फत बीमा भएमा बीमाशुल्कमा पाँच प्रतिशत छुट दिईनेछ, बीमाङक निधारण, बीमक, बीमित तथा सम्बन्धित प्राविधिक बीच मूल्यको आधार सहित बीमाङक कायम गर्नु पर्नेछ ।

प्रस्तुती : बिजया बास्कोटा 
[‘इन्स्योरेन्स शिक्षा’ कार्यक्रम नेपाली बीमा क्षेत्रको बिकाशको लागि थालीएको एउटा नविनतम प्रयास हो, यदि तपाईहरु संग पनि इन्स्योरेन्स सम्बन्धि कुनै समाचार, लेख/रचना, बिस्लेषणहरु छन् भने हामीलाई सम्पर्क गर्नुहुन अनुरोध गर्दछौ, [email protected]]

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS