Connect IPS
IME Life

धितोपत्र बजार पुनर्संरचना गरिने, यस्तो छ अध्यक्ष ढुंगानाको ४० बुँदे कार्ययोजना

SPIL
NIC ASIA new
Sanima Reliance

क) समग्र बजार विकास तथा सुधार
१. नेपाल स्टक एक्सचेञ्ज लि.(नेप्से) को विद्युतीय कारोवार प्रणालीमा धितोपत्रका लगानीकर्ताहरुको बैंक खाता तथा डिम्याट खातासंग आवद्ध गरी पूर्ण स्वचालित कारोवार प्रणालीको व्यवस्था गर्न आवश्यक सहजीकरण गर्ने व्यवस्था मिलाइने छ ।
२. धितोपत्र कारोबार राफसाफ तथा फछ्र्यौट प्रणाली टि+२ मा हुने तथा हाल नेप्सेको ट्रेडिङ म्यानेजमेन्ट सिष्टम (टिएमएस) लाई प्रभावकारी बनाउने व्यवस्था मिलाइने छ ।
३. बोर्ड आईओएससिओको एशोसियट सदस्य भएकोमा उक्त संस्थासँग Multilateral Memorandum of Understanding (एमएमओयु) गरी साधारण सदस्यता प्राप्त गर्ने कार्य अगाडि बढाइने छ ।
४. धितोपत्र बजार तथा वस्तु विनिमय बजारको चरणबद्ध विकासका लागि बोर्डको चार वर्षीय रणनीतिक योजना (आ.व. २०७७।७८(२०८०।८१) तयार गरी लागू गरिने छ ।
५. वस्तु विनिमय बजार सम्बन्धमा ऐन तथा नियमावलीको व्यवस्था बमोजिम वस्तु विनिमय बजार संचालन गर्ने कम्पनी स्थापना गर्न अनुमति दिने र वस्तु कारोबार व्यवसायीहरुलाई अनुमतिपत्र प्रदान गर्ने । साथै बोर्डमा प्राप्त हुने Contract Specification को अध्ययन गरी कारोबारका लागि दर्ता गर्ने व्यवस्था गरिने छ ।
६. धितोपत्र बजारमा वास्तविक क्षेत्रका कम्पनीहरुलाई भित्र्याउन प्रोत्साहन तथा सहजीकरण गरिने छ ।
७. नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थासँगको सहकार्यमा सूचीकृत कम्पनी तथा धितोपत्र व्यवसायीहरुले बोर्ड तथा नेप्सेमा पेश गर्नुपर्ने विवरणहरुको ढाँचा विकास गरी लागू गरिने छ ।
८. नेप्सेमा विदेशी रणनीतिक साझेदार भित्र्याई संरचनात्मक सुधार गरी धितोपत्रको दोस्रो बजार कारोवार प्रणालीलाई सुदृढ गर्ने र केन्द्रीय निक्षेप सेवा कम्पनीको स्वामित्व संरचनामा सुधार ल्याउन आवश्यक सहजीकरण गरी धितोपत्र केन्द्रीय निक्षेप सेवालाई स्तरीय बनाइने छ ।
९. सूचीकृत सरकारी ऋणपत्रहरुको पूर्णरुपमा अभौतिकीकरण हुने व्यवस्था मिलाई सरकारी ऋणपत्र तथा संस्थागत ऋणपत्रको दोस्रो बजार कारोवारलाई सक्रिय बनाइने छ ।
१०. धितोपत्र बजारमा संस्थागत लगानीकर्ता प्रवेश गराई कारोवारको आकार बढाउन तथा दोस्रो बजार मूल्यमा स्थिरता ल्याउन धितोपत्र व्यापारी (स्टक डिलर) लाई अनुमति दिइने छ ।
११. प्राइभेट इक्वीटी फण्ड तथा भेन्चर क्यापिटल जस्ता विशिष्टिकृत लगानी कोषहरु संचालन गर्न अनुमति प्रदान गरिने छ ।
१२. धितोपत्र बजारमा हुने ग्राहक परिचय विवरणको प्रभावकारी व्यवस्थापनका लागि सिडिएस एण्ड क्लियरिङ्ग लि. (सिडिएससी) मार्फत् एकीकृत ग्राहक परिचय विवरण व्यवस्थापन (Centralised KYC Management) व्यवस्था मिलाइनेछ ।
१३. साना तथा मझौला कम्पनीहरुको लागि छुट्टै कारोबार हुने गरी एसएमई प्लेटफर्म तथा अन्य कम्पनीको कारोबारका लागि मेन बोर्डको व्यवस्था गर्नका लागि नेप्सेलाई सहजीकरण गरिने छ ।
१४. धितोपत्र बजारमा नेपाल फाइनान्यिल रिर्पोटिङ्ग मापदण्ड (NFRS) कार्यान्वयन गर्न आवश्यक व्यवस्था गरिने छ ।
१५. धितोपत्र बजार तथा वस्तु विनिमय बजार र नियमन सम्बन्धी अध्ययन तथा अनुसन्धान कार्यलाई प्रोत्साहन गर्न र सुसूचित लगानीका लागि सहज वातावरण तयार गर्न धितोपत्र बजार तथा वस्तु विनिमय बजारसम्बन्धी सम्पूर्ण विवरण तथा तथ्याङ्कहरुको केन्द्रीकृत व्यवस्थापनका लागि केन्द्रीय तथ्याङ्क भण्डारण सम्बन्धी सफ्टवेयर विकास गरी तथ्याङ्कहरुको नियमित प्रशोधन तथा अभिलेख राख्ने व्यवस्था गरिने छ ।
१६. अर्थतन्त्रसँग सम्बन्धित नीति निर्माण अनुसन्धान गर्ने आर्थिक विकास तथा प्रशासन केन्द्र (Centre for Economic Development and Administration-CEDA) जस्ता अध्ययन अनुसन्धान गर्ने संस्था तथा विश्वविद्यालयसंग सम्बन्ध विकास गरी धितोपत्र बजार तथा वस्तु विनिमय बजार नियमन तथा सुधार सम्बन्धमा नीतिगत अध्ययन अनुसन्धान गर्ने गराउने व्यवस्था मिलाइने छ ।
१७. बोर्डको आन्तरिक कार्य प्रणालीलाई प्रविधिमैत्री बनाउन आवश्यक सफ्टवेयरहरु खरिद तथा विकास गरिने छ ।

ख. कानुनी संरचनामा सुधार
१८. धितोपत्र बजारको दीर्घकालीन विकासका लागि आवश्यक ट्रष्ट ऐनको मस्यौदा गरी विधायन प्रक्रियाका लागि नेपाल सरकार, अर्थ मन्त्रालय समक्ष पेश गरिने छ ।
१९. धितोपत्र बजार नियमनका लागि हाल धितोपत्र सम्बन्धी ऐन, २०६३ रहेकोमा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यास अनुसार नेपाल धितोपत्र बोर्डलाई जवाफदेहितासहितको अधिकार सम्पन्न नियमन निकाय बनाउन नेपाल धितोपत्र तथा विनिमय बोर्ड (Securities and Exchange Board of Nepal)  ऐन र धितोपत्र कारोवार तथा धितोपत्र व्यवसायीहरुको नियमनलाई प्रभावकारी बनाउन धितोपत्र कारोवार सम्बन्धी ऐनको मस्यौदा गरिने छ ।
२०. ऋणपत्रको दोस्रो बजारलाई सक्रिय बनाई विकास तथा विस्तार गर्न आवश्यक कानुनी व्यवस्था गर्न ऋणपत्र बजार सम्बन्धी नियमावली बनाइने छ ।
२१. भित्री सूचनाका आधारमा हुने कारोवारलाई निरुत्साहित गरी धितोपत्रको दोस्रो बजार कारोवारलाई विश्वसनीय बनाउन हाल स्वीकृतिका क्रममा रहेको भित्री कारोवार बन्देज नियमावली नेपाल सरकारबाट स्वीकृत भई आएपछि लागू गरिने छ ।
२२. धितोपत्रको सार्वजनिक निष्काशनमा स्वतन्त्र मूल्य निर्धारण हुने व्यवस्था मिलाउन आवश्यक निर्देशिका बनाई बुक विल्डिङ्ग प्रणाली लागू गरिने छ ।
२३. धितोपत्रको दर्ता तथा निष्काशन नियमावलीमा संगठित संस्थाहरुको मर्जर तथा एक्विजिशन सम्बन्धी व्यवस्था भएकोमा सोलाई कार्यान्वयन गर्न यस सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने छ ।
२४. बोर्डबाट धितोपत्र व्यवसाय गर्न अनुमतिपत्र प्राप्त संस्थाहरुको मर्जर तथा एक्विजिशन सम्बन्धी निर्देशिका तर्जुमा गरी लागू गरिने छ ।
२५. धितोपत्र दोस्रो बजार सम्बन्धी जानकारी र पहुँच देशव्यापी बनाउन धितोपत्र दलाल व्यवसायीको आधिकारिक प्रतिनिधिलाई प्रमाणीकरण (Certification_ गरी परिचालन गर्न आवश्यक कार्यविधि बनाइने छ ।
२६. धितोपत्र बजारमा गैर आवासीय नेपालीलाई प्रवेश गराउने सम्बन्धमा आवश्यक कार्यविधि तर्जुमा गरी कार्यान्वयनको लागी तयारी गरिने छ
२७. वैदेशिक पुँजी परिचालन समेत गर्ने व्यवस्था मिलाउन सम्मिश्रित वित्त व्यवस्था तथा लगानी सम्बन्धी नियमावली तर्जुमा गरिने छ ।
संस्थागत तथा नियमन क्षमता सबलीकरण
२८. बोर्डको O & M Survey लाई अन्तिम रुप दिई नयाँ संगठन संरचना लागू गरी आवश्यक जनशक्तिकोव्यवस्था गरिने छ ।
२९. बोर्डको कार्यालय भवन बनाउनका लागि जग्गाको व्यवस्था गरी कार्यालय भवन बनाउने कार्य अगाडि बढाइने छ ।
३०. धितोपत्र बजारमा हुने सूचना तथा विवरण प्रवाहको सहज एवं सुदृढ व्यवस्था गर्न विद्युतीय प्रवाह र भण्डारण प्रणाली (Electronic Reporting and Retrieval System-ERRS) विकास गरी लागू गरिने छ ।
३१. बोर्डको लेखा प्रणाली तथा अभ्यासलाई अन्तर्राष्ट्रियस्तरको बनाउन बोर्डको लेखा निर्देशिका तयार गरिने छ ।
३२. बोर्डको सूचना प्रविधि नीति लागू गर्न आवश्यक निर्देशिका तर्जुमा गरी लागू गरिने छ ।
३३. बोर्डको क्षमता अभिवृद्धि गर्न अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्थासंग साझेदारी विकास गरी सुपरीवेक्षकीय तथा नियामकीय क्षमता अभिवृद्धि कार्यक्रम संचालन गरिने छ ।
३४. बोर्डको प्रादेशिक कार्यालय स्थापना सम्बन्धमा अध्ययन गरी जग्गा प्राप्ति कार्य अगाडि बढाइने छ ।

Prabhu
Crest

ग. अध्ययन तथा अनुसन्धान र लगानीकर्ता प्रशिक्षण:
३५. धितोपत्र बजारमा सूचीकृत जलविद्युत कम्पनीहरुको परियोजना सञ्चालन अवधि समाप्त भएपछि उक्त कम्पनीमा सर्वसाधारण सेयरधनीको स्वामित्व तथा कम्पनीको व्यवस्थापनका सम्बन्धमा स्पष्ट नीतिगत व्यवस्था सम्बन्धमा अध्ययन गरिने छ ।
३६. धितोपत्र बजारमा लगानी विविधिकरणका लागि इन्डेक्स फण्ड तथा इक्यूटी डेरिभेटिभ्स् औजार जारी गर्न आवश्यक व्यवस्था मिलाई सहजीकरण गर्ने ।
३७. नेप्से परिसूचक र सोको गणना विधिलाई समसामयिक बनाई धितोपत्र बजारमा स्थिरता ल्याउने उपायहरु अवलम्बन गर्ने सम्बन्धमा अध्ययन गरिने छ ।
३८ धितोपत्र बजार विकाससँग सम्बन्धित म्युनिसीपल वण्ड, वित्तीय समावेशीता तथा सर्ट सेलिंग जस्ता समसामयिक विषयहरुमा अध्ययन गर्ने-गराइने छ ।
३९. धितोपत्र तथा फ्यूचर्स बजार र वित्तीय शिक्षा प्रशिक्षण संस्था स्थापना सम्बन्धमा अध्ययन गरी आवश्यक कार्य अगाडि बढाइने छ ।
४०. बोर्ड, नेपाल स्टक एक्सचेञ्ज लि., धितोपत्र व्यवसायी, स्थानीय तह र उद्योग बाणिज्य संघसँगको सहकार्यमा धितोपत्र तथा वस्तु विनिमय बजार शिक्षा तथा जनचेतना अभिबृद्धि कार्यक्रमहरु संचालन गरिने छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS