काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक बर्ष २०७७/०७८ को मौद्रिक निति सार्वजनिक गर्दै वाणिज्य बैंकले कृषि क्षेत्रमा गनुपर्ने लगानीको सिमा बढाएको छ।
वाणिज्य बैंकहरुले २०८० सम्ममा कुल ऋण लगानीको १५ प्रतिशत कर्जा कृषिमा अनिर्वाय रुपमा लगानी गनुपर्ने भएको छ।राष्ट्र बैंकले शुक्रबार सार्वजनिक गरेको आर्थिक वर्ष २०७७/०७८ को मौद्रिक नीतिले कृषिमा अनिवार्य रुपमा १५ प्रतिशत ऋण लगानी गर्नुपर्ने ब्यवस्था गरेको हो ।

















