काठमाडौं । नेप्से २ दशमलव १२ अंकले बढेर १३४२ दशमलव ४० को विन्दुमा कायम भएको छ । आज १ सय ८४ कम्पनीको ३७ लाख ३३ हजार ५ सय ५ कित्ता शेयरकिनबेच हुँदा १ अर्ब ८ करोड रुपैयाँको कारोबार भएको छ ।
होटल, जीवन बीमा र अन्य क्षेत्र बाहेक सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै प्रभु बैंकको प्रमोटर शेयरकोे १० करोड ७२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।त्यस्तै नेपाल पुनर्बीमा कम्पनीको १० करोड २८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।
नेपाल सेवा लघुवित्त, एनआईसी एशिया लघुवित्त र सानिमा बैंक डेभेन्चरका शेयरधनीहरुले १० प्रतिशत दरले कमाएको छ ।
ओरियन्टल होटलका शेयरधनीहरुले ६ दशमलव १३ प्रतिशतका दरले गुमाएको छ भन घलेम्दी हाइड्रोपावरका शेयरधनीहरुले ५ दशमलव ४५ प्रतिशतका दरले गुमाएका छन्।