IME Life New

जनउत्थान लघुवित्तको बार्षिक साधारण सभा सम्पन्न

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको ९ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।उक्त साधारणसभा संचालक समितिका अध्यक्ष बाबुराम बिश्वकर्माको अध्यक्षतामा रुपन्देही जिल्लाको बुटवल उपमहानगरपालिका वडा नं. ०९, कालिकापथ स्थित होटल न्यू ईरामा सम्पन्न भएको हो ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा प्रस्तुत वार्षिक प्रतिवेदन सहित आ.व. २०७५÷०७६ को वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण लगायतका अनुसुचिहरु पारित गर्नुका साथै सञ्चालक समितिकोे प्रस्ताव बमोजिम आ.व. २०७५÷०७६ को मुनाफाबाट हाल कायम रहेको चुक्ता छ करोड तेत्तीस लाख साठी हजार रुपैयाँको १.३२ प्रतिशत नगद लाभांश कर प्रयोजनका लागि वितरण गर्ने, संस्थाको अधिकृत पूँजी दश करोड रुपैयाबाट बृद्धि गर पचास करोड रुपैयाँ पुयाउने, हाल कायम रहेको चुक्ता पूँजी छ करोड तेत्तीस लाख साठी हजार रुपैयाँलाई २५ प्रतिशतका दरले बोनस शेयर जारी गर्ने, बोनस शेयर वितरण पश्चात कायम हुने चुक्ता पुँजीसात करोड बयानब्बे लाख रुपैयाँ को १ः२ (अर्थात १ कित्ता बराबर २ कित्ता) को अनुपातमा हकप्रद शेयर जारी गर्ने लगायतका महत्पूर्ण निर्णयहरु सर्वसम्मतिले पारित गरेको छ ।

Esewa
Crest

उक्त साधारण सभामा संस्थापक तथा सर्वसाधारण समुहबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ५ जना सञ्चालकको निर्वाचनमा क्रमश बाबुराम विश्वकर्मा, रेवन्त बहादुर विश्वकर्मा, मान बहादुर विश्वकर्मा, गोकर्ण बहादुर कार्की क्षेत्री र नरेन्द्र कंडेल निर्विरोध निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS