काठमाडौं । नेप्से ४ दशमलव ५७ अंकले बढेर १३३१ दशमलव १० को विन्दुमा कायम भएको छ । आज १ सय ७८ कम्पनीको २२ लाख २६ हजार २ सय ३ कित्ता शेयरकिनबेच हुँदा ९० करोड ८० लाख ६ हजार रुपैयाँको कारोबार भएको छ ।
बैंकिङ् र ट्रेडिङ बाहेक सबै क्षेत्रको उपसूचकमा हरियाली छाएको छ । सबैभन्दा धेरै नेपाल पुनर्बीमा कम्पनी कोे १५ करोड १८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ ।सूर्यादय लघुवित्तका शेयरधनीले ९ दशमलव ९९ र एनआईसी एशिया लघुवित्तका शेयरधनीहरुले ९ प्रतिशत ९९ को दरले कमाएको छ ।
ग्लोबल आइएमई समुन्नत स्कीम –१ कम्पनीका लगानीकर्ताले ३ दशमलव ८५ प्रतिशतका दरले गुमाएका छन्।