काठमाडौं । सिभिल क्यापिटल मार्केटले निःशुल्क डिम्याट तथा मेरो शेयर खाता खोल्न सकिने योजना ल्याएको छ । ग्राहकहरुको आवश्यकतालाई विशेष प्राथमिकतामा राखी मार्केटले आषाढ मसान्तसम्म नयाँ डिम्याट खाता र मेरो शेयर खाता खोल्दा लाग्ने शुल्कमा छुट गरिएको जनाएको छ ।
कम्पनीले विगत ११ बर्षदेखि प्राथमिक शेयर निष्कासन, निक्षेप सदस्य, लगानी व्यवस्थापन, शेयर प्रत्याभुति र संस्थागत परामर्श सेवा लगायत पूँजी बजार सम्बन्धी सम्पूर्ण सेवाहरु प्रदान गर्दै आईरहेको छ ।
सिभिल क्यापिटलले निक्षेप सदस्य खाता खोल्ने, शेयर अभौतिकीकरण प्रक्रिया, लगानी व्यवस्थापनको कार्य आदि सुविधा सिभिल बैंकको सातै प्रदेशमा रहेको १११ वटा शाखाहरुबाट सहजरुपमा नै उपलब्ध छन् ।