काठमाडौं । जेठ मसान्तसम्ममा नबिल इक्विटी फन्डको प्रतिइकाई खुद सम्पति मूल्य (न्याभ) ९ रुपैयाँ ७९ पैसमा कायम भएको छ । अघिल्लो महिनामा फन्डको न्याभ ९ रुपैयाँ ७५ पैसा थियो अघिल्लो महिनाको तुलनामा फन्डको न्याभ ०४ पैसाले मात्रै बढी हो ।
फन्डमा सूचीकृत कम्पनीको शेयरमा लगानी ५६ करोड ३१ लाख ४६ हजार रुपैयाँ पुगेको छ अघिल्लो फन्डको सूचीकृत कम्पनीको सेयरमा लगानी ५५ करोड ४७ लाख ७९ हजार रुपैयाँ थियो । फन्डले यस महिनामा ५६ वटा सूचीकृत कम्पनीको सेयरमा लगानी गरेको छ ।