IME Life New

असार २१ गते देखि आउने साधना लघुवित्तको आईपीओको बारेमा सम्पूर्ण जानकारी

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं । प्रति कित्ता एक सयको दरले साधना लघुवित्त वित्तीय संस्थाले यही असार २१ गते देखि ७ लाख ७ हजार ८०० कित्ता साधारण शेयर आईपीओ निस्काशन गर्दै छ । कम्पनीले ७ करोड ७ लाख ८० हजार बराबराको साधारण शेयर निस्काशन गर्दै छ ।

उक्त ७ लाख ७ हजार ८०० कित्ता मध्य शुन्य दशमलव ५ प्रतिशत अर्थात् १०,८९० कित्ता साधारण शेयर कर्मचारीलाई सुरक्षित गरिएको छ भने ५ प्रतिशत शेयर अर्थात ३५ हजार ३ सय ९० कित्ता साधारण शेयर सामूहिक लगानी कोषको लागि बाडँफाडँ गरिएको छ। अब सर्वसाधारणहरुलाई ६ लाख ६१ हजार ५२० कित्ता शेयर निष्काशन गरिएको छ। लगानीकर्ताले न्युनतम १० कित्तामा आवेदन दिन सक्ने छन् ।

Esewa
Crest

आवेदन दिने समय :
आईपीओ असार २१ गते देखि असार २४ गते सम्म खुल्ने छ । असार २४ गते बैंकिङ्ग समय पश्चात आवेदन दिन सकिने छैन । यदी असार २४ गते सम्मपनि सम्पूर्ण शेयर कित्तामा आवेदन नपरेको अवस्थामा श्रावण ४ गते सम्म समय थपिने छ ।

कति कित्ता दिन पाईन्छ आवेदन ?
न्युनतम १० कित्ता देखि  अधिकतम १००० कित्ता सम्म आवेदन दिन सकिन्छ  ।

प्रधान कार्यालय :
यस लघुवित्तको प्रधान कार्यालय प्रदेश नम्बर ४, गोरखा जिल्ला, वडा नम्बर ६, हरमटारीमा रहेको छ ।

कम्पनीको ईतिहास :
कम्पले २०७४ कार्तिक १३ गते नेपाल राष्ट्र बैंकबाट १० जिल्ला कार्यक्षेत्र भएको घ वर्षको लघुवित्त वित्तीय सस्थाको रुपमा अनुमति पाएको र २०७४ साल कार्तिक २२ गते देखि कारोवार सुरु गरको थियो। त्यस्तै २०७६ साल असार ३० गते तनहुँ जिल्ला केन्द्रिय कार्यालय रहेको आर्थिक सम्वृद्धि लघुवित्तलाई प्राप्त गरी रास्ट्रिय स्तरको लघुवित्तको रुपमा आफ्नो कारोवार सुरु गरेको थियो।

कम्पनीको शाखा संजाल :
कम्पनीले २२ जिल्लामा ५० शाखा कार्यालयबाट कारोवार गर्दै आएको छ।

पुँजीको अवस्था :
अधिकृत पुँजी : तीस करोड
जारी पुँजी : २१ करोड ७७ लाख ८० हजार
चुक्ता पुँजी : १४ करोड ७० लाख ( आईपीओ अघि )
चुक्ता पुँजी : २१ करोड ७७ लाख ८० हजार  ( आईपीओ पछि )

हाल कम्पनीको चुक्ता पुँजी १४ करोड ७० लाख रहेको र ७ करोड ०७ लाख ८० हजार बराबरको साधारणशेयर बिक्री प्रक्रिया पश्चात कम्पनीको चुक्ता पुँजी २१ करोड ७७ लाख ८० हजार लाख हुन्छ। आईपीओ प्रक्रिया पश्चात कम्पनीमा सस्थापक शेयरको हिस्सा ६७ दशमलव ५० प्रतिशत हुने छ भने साधारण शेयरको हिस्सा ३२ दशमलव ५० प्रतिशत हुने छ।

सस्थापक शेयरको बारेमा जानकारी :
यस कम्पनीका प्रमुख शेयरधनीमा सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल क्रेडिट एण्ड कमर्श बैंक  छन्।  दुवै वित्तिय सस्थाको नाममा २-२ लाख कित्ता शेयर रहेको छ।

संचालकको जानकारी :
संचालक समितिको अध्यक्षमा कृष्ण बहादुर थापा छन् । त्यस्तै संचालक समिति सदस्यमा नरहरी ढकाल, रमेश सापकोटा, राधाकृष्ण भण्डारी र रअर्जुन कुमार सिं छन् ।

 

व्यवस्थापाक :
लघुवित्तका प्रमुख कार्यकारी अधिकृतमा रेशम न्यौपाने छन्।

वित्तिय विवरण :
आर्थिक वर्ष ७५/७६ को वार्षिक तथ्यांक अनुसार कम्पनीको प्रति शेयर आम्दानी २४ रुपैयाँ ८७ पैसा रेहको छ भने किताबी मूल्य १३० रुपैयाँ १२ पैसा रहेको छ। प्रक्षपित तथ्यांक अनुसार आर्थिक वर्ष ७६/७७ मा प्रति शेयर आम्दानी २५ रुपैयाँ ४५ पैसा र किताबी मूल्य १२९ रुपैयाँ ५९ पैसा हुन्छ।

पुँजीको रणनीति :
आईपीओ पश्चात कम्पनीको पुँजी २१ करोड ७७ लाख हुने छ। तर कम्पनीले आर्थिक वर्ष ७६/७७ मा कम्पनीको चुक्ता पुँजी २५ करोड ४ लाखको लक्ष्य राखेको छ। त्यत्सै आर्थिक वर्ष ७७/७८मा ४३ करोड २० लाख र आर्थिक वर्ष ७८/७९मा ५१ करोड ८४ लाख चुक्तापुँजीको लक्ष्य राखेको छ। कम्पनीको आईपीओ पश्चात आक्रामक चुक्ता पुँजी वृद्धिको लक्ष्य राखेको छ।
चुक्ता पुँजी मात्र नभएर कम्पनीले प्रति शेयर आम्दानी पनि वृद्धि गर्दै लाने लक्ष्य राखेको छ। आर्थिक वर्ष ७८/७९मा कम्पनीले ३४ रुपैयाँ ३२ पैसा प्रति शेयर आम्दानीको लक्ष्य राखेको छ।

क्रेडिट रेटिङ्ग
ईक्रा नेपालले यस लघुवित्तको आईपीओलाई “आईसिआरए एनपी आईपीओ ग्रेड ४+” प्रमाण पत्र दिएको छ।

कतिबाट सुरु होला दोश्रो बजारमा कारोवार :
कम्पनीको आर्थिक वर्ष ७५/७६ को लेखापरिक्षण गरिएको प्रति शेयर नेट्वर्थ १३० दशमलव १२ को आधारमा कम्पनीको पहिलो दिनको कारोवार १३० रुपैयाँ देखि ३९० रुपैयाँ सम्म हुने छ।

कति कित्ता आवेदन दिँदा ठीक :
धितोपत्र निस्काशन तथा बाडंफाड निर्देशिका अनुसार सबैलाई सुरुमा दश दश कित्ता दिँदै जानु पर्छ । तर यस लघुवित्तले सर्वसाधारणलाई जम्मा ६ लाख ६१ हजार ५२० कित्ता शेयर निष्काशन गरेको छ । यसको अर्थ दश कित्ता नियम अनुसार ६६ हजार १ सय ५२ जनाले मात्र दश कित्ता शेयर प्राप्त गर्ने छन् । यस अघिको लघुवित्तको आईपीओमा एनआईशी एशिया लघुवितको आईपीओमा ४ लाख १४ हजार १ सय ८० जनाले आवेदन दिएका थिए।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS