काठमाडौं । गुराँस लघुवित्त वित्तीय संस्थाले ७ दशमलव ६१२ प्रतिशत बोनस शेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको छ । कम्पनीले गत कात्तिक २६ गतेसम्म सेयर डिम्याट गराएकाहरुको बोनस सेयर खातामा पठाइदिएको हो ।
कात्तिक २६ गते पछि डिम्याट गर्नेहरुको बोनस सेयर पनि खातामै जम्मा गर्ने तयारी भइरहेको कम्पनीले जानकारी दिएको छ । अहिलेसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्नेछ । त्यसपछि मात्र बोनस शेयरधनीको खातामा जम्मा गर्ने जनाएको छ ।
संस्थाले मंसिर १४ गते सम्पन्न सभाले गत आर्थिक वर्षको नाफाबाट ७। दशमलव ६१२ प्रतिशत बोनस सेयर कर प्रयोजनार्थ ० दशमलव ४ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको थियो ।