चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा रैराङ हाइड्रोपावरको नाफामा सुधार आएको छ । समिक्षा अवधिमा रैराङले ३ करोड ६९ लाख ४ हजार २६६ रुपैयाँ नाफा आर्जन गर्न सफल भएको छ । गत वर्षको सोहि अवधिमा कम्पनीले ११ लाख ७ हजार ५६९ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।
तेस्रो त्रैमासको अवधिसम्म आइपुग्दा ,कम्पनीको विद्युत बिक्रीबाट हुने आम्दानी १० करोड ३७ लाख ९४ हजार रुपैयाँ पुगेको छ । गत वर्षको सोहि अवधिमा कम्पनीको विद्युत बिक्रीबाट १८ लाख ६६ हजार रुपैयाँ रहेको थियो ।
रैराङको सञ्चालन नाफा ५६३६ प्रतिशतले बढेर ८ करोड ८८ लाख ६३ हजार रुपैयाँ पुगेको छ । गत वर्ष कम्पनीले १५ लाख ४९ हजार रुपैयाँ मात्र सञ्चालन नाफा गरेको थियो ।
हाल कम्पनीको चुक्ता पुँजी ५६ करोड रुपैयाँ र रिजर्भ कोषमा ३ करोड ७० लाख रुपैयाँ रहेको छ ।