IME Life New

सिटिजन्स र सहयोगी विकास बैंकलाई एक आपसमा गाभिन राष्ट्र बैंकको अन्तिम स्वीकृती

SPIL
Nepal Life

समाचार सुन्नुहोस्

काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले सहयोगी विकास बैंक लिमिटेडलाई प्राप्ति गर्न अन्तिम स्वीकृति पाएको छ। नेपाल राष्ट्र बैंकको मंगलबार बसेको सञ्चालक समितिको बैठकले बैंक तथा वित्तीय संस्था एक आपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी विनियमावली–२०७३ बमोजिम यी बैंकलाई अन्तिम स्वीकृति दिएको जनाइएको छ ।

यी बैंकले १०० बराबर ९१ दशमलव ७५ शेयर स्वाप रेसियोमा मर्जर तथा प्राप्ति सम्झौतामा गएका हुन्। जसअनुसार सहयोगी विकास बैंकका शेयरधनीले १०० कित्ता शेयर बराबर सिटिजन्स बैंकको ९१ दशमलव ७५ कित्ता शेयर पाउनेछन्।

Esewa
Crest

२०७६ असार २२ गते प्राप्तिका लागि प्रारम्भिक समझदारीपत्रमा हस्ताक्षर गरेका थिए । २०७६ पुस २८ गते सोमबार सिटिजन्सको तर्फबाट सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोजक प्रवलजंग पाण्डे र सहयोगीको तर्फबाट सञ्चालक एवं मर्जर तथा प्राप्ति समितिका संयोेजक डिल्लीप्रकाश घिमिरे बीच मर्जरका लागि अन्तिम सम्झौता भएको थियो।

यसअघि सिटिजन्स बैंकले जेठ २७ गते पाँचौं विशेष साधारण सभाबाट र सहयोगी विकास बैंकले जेठ २४ गते सम्पन्न १६ औं वार्षिक साधारण सभाबाट प्राप्तिसम्बन्धी विशेष प्रस्ताव पारित गरेका थिए। सहयोगी विकास बैंकलाई प्राप्ति गरेपछि सिटिजन्स बैंकको चुक्ता पुँजी ९ अर्ब ८ करोड ९८ लाख रुपैयाँ हुने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%
happy

खुसी

0%
sad

दु :खी

0%
amazed

अचम्मित

0%
excited

उत्साहित

0%
angry

आक्रोशित

LICn
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS