काठमाडौं । माछापुच्छ्रे क्यापिटल र कृति क्यापिटल एण्ड इन्भेष्टमेण्ट एक आपसमा गाभिने भएका छन् ।यी दुई क्यापिटल बीच मर्जर भई एकीकृत कारोबार गर्ने प्रस्तावसहित मर्जर सम्बन्धी पारम्भिक सम्झदारीपत्रमा हस्ताक्षर भएको छ । दुई क्यापिटलले असार ३ गते उक्त सम्झदारीपत्रमा हस्ताक्षर गरेका हुन् ।
माछापुच्छ्रे क्यापिटल माछापुच्छ्रे बैंकको शतप्रतिशत शेयर लगानी रहेको कम्पनी हो ।