Connect IPS
IME Life

टान र माछापुच्छ्रे बैंकबीच सम्झौता

SPIL
NIC ASIA new
Sanima Reliance

काठमाडौं । ट्रेकिङ्ग एजेन्सिज् एसोसिएसन अफ नेपाल (टान) ले माछापुच्छ्रे बैंकसँग सम्झौता गरेको छ । बैंक र टानबीच ट्रेकिङ्ग गाइडहरुका लागि क्रेडिट कार्ड उपलब्ध गराउनका लागि सम्झौता भएको जनाएको छ । सम्झौतापत्रमा माछापुच्छ्रे बैंकका नायब महाप्रबन्धक सर्जु कुमार थापा र टानका अध्यक्ष खुमबहादुर सुवेदीले हस्ताक्षर गरेका हुन् ।

सम्झौतापछि बैंक र टानबीच टानका सदस्य कम्पनीमा कार्यरत ट्रेकिङ्ग गाईडहरुलाई मासिक रु १५ हजार गरि अधिकतम रु १ लाख ८० हजारसम्म सिमासहितको क्रेडिट कार्ड उपलब्ध गराईने सम्झौता भएको छ । सो सिमा आंशिक रुपमा रु। ९० हजार गरी दुई चरणमा प्रत्यक अर्धवार्षिक समयावधिमा प्रदान गरिनेछ । ट्रेकिंग गाईडहरुले Minimum Amount Due (MAD) मासिक ५ प्रतिशतको दरले एक बर्षसम्म भुक्तानि गर्नुपर्ने छ ।

Prabhu
Crest

कोभिड १९ को कारण पर्यटन क्षेत्र र मजदुरहरुमा पर्न गएको प्रभावलाई मध्यनजर राख्दै टानको पहलमा आफ्ना सदस्य कम्पनीहरुमा कार्यरत ट्रेकिङ्ग गाईडहरुलाई सहजिकरण गर्न माछापुच्छ्रे बैंकसँग समझदारी गरिएको टानले जनाएको छ ।

क्रेडिट कार्ड सुविधा उपभोग गर्न आवेदकको उमेर न्यूनतम २१ बर्ष र अथिकतम ६५ बर्ष हुनुपर्ने नियम बनाईएको छ । गाईडहरुले माछापुच्छ्रे बैंकमा खाता खोली छुट्टै डेबिट अथोरिटि दिनुपर्नेछ । सो सुविधा प्रयोग गर्न गाईड कार्यरत कम्पनीले जमानत अनिवार्य बस्नु पर्ने जनाएको छ ।

नेपाल लाइफलाई घाँडो बन्यो सर्वाधिक बोनश दरको राग, अभिकर्ताले दिए दबाब काठमाडौं । जीवन बीमक नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको देशभरका अभिकर्ता आन्दोलनमा उत्रिएका छन् । नेपाल लाइफले सार्वजनिक गरेको आर्थिक वर्ष...

प्रतिक्रिया दिनुहोस्

यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

0%

खुसी

0%

दु :खी

0%

अचम्मित

0%

उत्साहित

0%

आक्रोशित

GBIME
Vianet

सम्बन्धित समाचार

Insurance Khabar Mobile App Android and IOS