काठमाडौं । । अरुण भ्याली हाइड्रोपावर कम्पनीले तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । हाइड्रोपावरको नाफा तेस्रो त्रैमासको अवधिसम्ममा ३८ बढेर ५ करोड ७९ लाख रुपैयाँ पुगेको छ । गत बर्षको सोहि अवधिमा कमपनीको नाफा ४ करोड १७ लाख रुपैयाँ रहेको थियो ।
कम्पनी तेस्रो त्रैमासमा विद्युत् विक्री आम्दानी मार्फत ५ करोड ४७ लाख आम्दानी गरेको छ ।गत आवको तेस्रो त्रैमासमा कम्पनीले विद्युत् विक्रीबाट ४ करोड २० लाख रुपैयाँ आम्दानी गरेको थियो ।
कम्पनीको हालको चुक्ता पुँजी ९३ करोड ३० लाख रुपैयाँ र जगेडा कोषमा ६ करोड ६८ लाख रुपैयाँ संचित रहेको छ । तेस्रो त्रैमासमा उक्त कम्पनीले अन्य स्रोतबाट रू. ४ करोड ९२ लाख आम्दानी गरेको छ । कम्पनीको प्रतिशेयर आम्दानी.८ रुपैयाँ २९ पैसा र प्रतिशेयर नेटवर्थ ११४ रुपैयाँ ५४ रहेको छ ।